अब राजा र सेनाहरु मिल्नु बाहेक कुनै विकल्प छैन।

इनेप्लिज २०७६ फागुन ५ गते ४:१९ मा प्रकाशित

राजा र सेनाहरु एक आपसमा मिल्नुपर्छ।राजा र सेनाहरु मिल्नु बाहेकको अरु कुनै विकल्प मैले देखेको छैन।

राजा र सेनाहरु मिली प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसदहरू, सभासदहरु, राजनीतिक दलका नेताहरू, नगर प्रमुख, उपमेयर, वडाध्यक्ष, सदस्य र बाटो बनाउने ठेकेदार आदि आदि जस्ता जोसुकै होस गलत काम गर्नेहरुलाई कार्वाही गरी राज्यकोष ढुकुटी दुरुपयोगबाट आर्जन गरेको अवैध सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकास निर्माणमा लगाउनुपर्छ।

हाम्रो मुलुकमा सबैभन्दा कमी कमजोरी नै न्यायलयमा छ।न्यायलय नै निष्पक्ष छैन।यसकारण दण्डहीनता दिन प्रतिदिन बढदै गएको छ।ठुला बडालाई चैन सानालाई ऐन भने जस्तै अब छ।

पुष्पकमल दाहालले स्वतः मैले पाँच हजार मान्छे मारेको हो भनेर सामाजिक संजाल र मिडियामा आइरहेको छ कार्वाही हुँदैन किन?

सर्वोच्च अदालतमा अग्नि सापकोटा विरुद्ध अर्जुन बहादुर लामा लाई मारेकोमा रिट पर्न गएको थियो।तर सर्वोच्च अदालतले अग्नि सापकोटा लाई कार्वाही गरेन किन?सबभन्दा खराबी नै न्यायलयमा छ।

सर्वोच्च अदालतका बुद्धिजीवी प्रधानन्यायाधीशहरु, न्यायाधीशहरु रहनु भएका र हाल भएका त्यस्तै जिल्ला अदालतका र पुनरावेदन अदालतका न्यायाधीशहरु तथा बुद्धिजीवी वकीलहरुलाई मेरो पहिलो प्रश्न छ राजनीतिक गर्ने हरुलाई नेपालको कानुनले जस्तोसुकै अपराध गर्न पनि छुट दि राखेको छ होइन र?

न्यायलयको गलत निर्णयको असर जनमानसमा देखा पर्न थाली सकेको छ।नेताहरुलाई भने केही नहुने हामी सर्वसाधारणलाई मात्र कानुन?

सर्वोच्च अदालत, जिल्ला अदालत र पुनरावेदन अदालतका बुद्धिजीवी प्रधानन्यायाधीशहरु, न्यायाधीशहरु र वकीलहरु लाई मेरो दोस्रो प्रश्न नेपालमा अब तीस हजार मान्छे मार्नेको उदय भयो भने के गर्नुहुन्छ?एउटाको देखासिकी अर्कोले गर्छ होइन र?

सत्र हजार मार्ने हरुलाई छुट दिने न्यायालयले पक्कै पनि तीस हजार मार्ने हरुलाई कसरी सजाय दिन सक्छ?यसकारण वास्तविकमा मेरो भनाई के हो भने न्यायालय निष्पक्ष हुनुपर्छ।

हाम्रो मुलुकमा विकास निर्माणको नाममा जताततै ठगी गर्ने काम भै रहेको छ।बाटो,सडक, नाला र पुल निर्माण गर्ने भन्यो काम चलाउ मात्र बनाउने अझै प्रायः गरेर महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुले दिएको बाटो, नाला र पेटी बनाउने ठेक्का पट्टामा झनै लापरबाही गरी राज्यकोष ढुकुटीको दुरुपयोग भै रहेको छ।

नगरहरुमा बाटो निर्माण गर्ने नाममा सुस्त गतिले काम गर्ने र जताततै खाडलहरु खनी अलपत्र पारेर नगरवासीहरुलाई सास्ती र दुख दिने कार्य सम्म भइरहेको छ।यसतर्फ ध्यान दिने कसले?जता हेर्यो उतै लथालिङ्ग छ।चित्त बुझाउने ठाउँ कतै बाट छैन।

विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्रीहरु, सभासदहरु, सांसदहरू र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ।इतिहासमा नै विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट चलेको छ भन्ने कुरा हामी सबैलाई जग जाहेर नै छ।

यसकारण राजा र सेनाहरु छिटो भन्दा छिटो मिलिजुली अब मुलुकको विकास निर्माणमा सराहनीय भुमिका खेल्नुपर्छ र मुलुकलाई सहि दिशा तर्फ लानुपर्छ भन्ने मेरो चाहना रहेको छ।

भुकम्प पीडितहरुको नाममा आएको राहतहरु समेत पचाउन पछि परेनन।लुटतन्त्र हो यो।हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो सहि सदुपयोग भएन।

स्वतन्त्र नेपाली नागरीकः
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२
मोबाइल नम्बर:९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया