आधुनिकता (कविता)

हरिकृष्ण सिलवाल २०७६ माघ २६ गते १२:२५ मा प्रकाशित

 

गाउँघरको बस्ती अब शहरतिर लाग्यो
जन्मिएको घरगाउँ आज नौलो लाग्यो ।।

मकै, रोटी, ढिँडो, पुवा गाउँ छोडी भाग्यो
पत्रु खाना पकेटहरू आज अघि लाग्यो ।।

आधुनिक भए सबै सम्पन्नता अयो
नेपालीले दासताको मनोवृत्ति पायो ।।

कोल, घट्ट, छपनीको दर्शन पाइन छाड्यो
अँगेनीको तीनखुट्टे वदान कता भाग्यो ।।

गाउँघरको सीप चलन कतातिर लागे
हाम्रोपन, हाम्रो संस्कार गाउँ छाडी भागे ।।

विस्थापित भो अर्गानिक हाम्रो बाली नाली
आज हामी बन्न गयौँ आधुनिक खालि ।।

नमोबुद्ध नगरपालिका वडा नं. ४, काभ्रे

(काभ्रे जिल्लामा वि.सं. २०१२ सालमा जन्मिएका कवि सिलवालले वि.सं. २०२८ मेरो कल्पना कवितासंग्रह, वि.सं. २०५८ मनैभरि माया गीतिसंग्रह) २०६७ तिमी र हामी साथी बालकविता संग्रह लगायत विभिन्न पत्रपत्रिकाहरुमा लेख रचना प्रकाशित छन् । )

 

प्रतिक्रिया