मेरिल्याण्डमा सशस्त्र मानिस एफबिआई र प्रहरी द्वारा मारिए

इनेप्लिज २०७६ पुष १३ गते १६:३२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा एफबिआई(संघीय अन्वेषण बिभाग) तथा प्रहरीको सयुक्त कारवाहीमा सशस्त्र मानिस मारिएका छन् । विशिष्ट अस्र-शस्र तथा युद्द कौशल (एफबिआईका स्वाट) ले गत शुक्रबार डिसेम्बर २७ का दिन करिव ३ घण्टाको कारवाहीमा उक्त हातियारधारी व्यक्ति मारिएका हुन् ।

मेरिल्याण्डको एन अरुन्देल काउन्टीमा मारिएको हो । डिसेम्बर २७ का दिन दिउसो २ बजे मेरिल्याण्डको लिन्थिकम स्थित ग्लोरिया अभेन्युको एक घरमा पारिवारिक झगडा हुँदा बन्दुक चलेको प्रहरीलाई जानकारी गराइएको थियो ।

जव प्रहरी त्यहाँ पुगेका थिए उक्त मारिएका व्यक्ति संग हाते बन्दुक हातमा लिई रहेका थिए । उक्त अज्ञात व्यक्ति संग करिव २ घण्टा सम्म सम्झौता वार्ता गरेका थिए । उक्त सम्झौता समय अवधिमा पटक पटक आफूले आफैलाई गोलि हान्ने धम्कि दिएका र कसैलाई गोली चलाएका थिएनन ।

काउन्टीको स्वाट टोलीलाई सुरक्षा गर्नको लागि एफबीआई स्वाट टोली बोलाइएको थियो, जुन छुट्टै परिस्थितिमा व्यस्त रहेको थियो। एफबीआई स्वाट टोली त्यहाँ आइपुगेपछि गोलीबारी भयो र संदिग्ध मारिए ।

कुनै पनि एफबिआई(संघीय अन्वेषण बिभाग) का विशिष्ट अस्र-शस्र तथा युद्द कौशल (एफबिआईका स्वाट) तथा प्रहरी माथि गोली चलाइएको थिएन । साँझ ५ बजे अघिनै उक्त अवरोध समाप्त भएको प्रहरीले जनाएका छन् ।

समाचार :डब्लुटिओपि डटकम

प्रतिक्रिया