लुजियानामा भएको हवाई दुर्घटनामा मृत्यु भएका ५ जना मध्ये एक जना महिला खेलकुद पत्रकारको मृत्यु

इनेप्लिज २०७६ पुष १२ गते २३:३२ मा प्रकाशित

डिसेम्बर २८ । अमेरिकाको लुजियानामा शनिबार बिहान भएको हवाई दुर्घटनामा ५ जना मध्ये १ जना महिला खेलकुद पत्रकारको समेत मृत्यु भएको छ । मारिएकाहरू मध्ये एक खेलकुद सम्बाददाता थिइन् जसको ससुरा लुजियाना स्टेट युनिभर्सिटीका(बिश्वबिद्यालय)शीर्ष-प्रतिष्ठित फुटबल टोलीका प्रशिक्षक हुन्।

प्रहरीले मृतकहरुको नाम सार्वजनिक गरेको छ भने मृतकहरुमा क्रमस ५१ बर्षिय बिमान चालक ईआन ई बिग्स ,५९ बर्षिय रोबर्ट भाग्न क्रिस्प द्वितीय,३० बर्षिय कार्ली एन म्याककोर्ड ५१ बर्षिय ग्रेचेन डि भिन्सेन्ट तथा १५ बर्षिय माइकल वाकर भिन्सेन्ट रहेका छन् ।

प्रहरीका अनुसार सानो हवाई जहाजमा चढेर एटलान्टा कलेज फुटबल (अमेरिकन भकुण्डो )हेर्न जाने क्रममा दुर्घटना भएको जानकारी दिएका छन् ।

भगवानको कृपा या ईश्वरको चमत्कारले गर्दा छैठौ मानिस बाच्न सफल भएका छन् । स्व महिला पत्रकार म्याकोर्ड न्यू ओर्लिन्समा डब्ल्यूडीएसयू टेलिभिजन(दूरदर्शन)का खेलकुद रिपोर्टर(सम्बाददाता )थिइन् । साथै म्याकोर्ड ईएसपिएन ब्याटोन रग १०४.५ एफएम रेडियो कि पूर्व संवाददाता थिइन् ।

लुजियानाको लाफाएते क्षेत्रीय बिमान नजिक उक्त दुर्घटना भएको थियो । उक्त दुर्घटना बिहान ९:२२ मिनेटको समयमा भएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएका थिए ।

बिमान स्थल भन्दा करिव ४ माइल टाडा दुर्घटना भएको थियो ।

प्रतिक्रिया