मन र ओम ……..डिसेम्बर १५, २०१९

विनोद रोका, न्युर्योक २०७६ मंसिर २९ गते २२:२२ मा प्रकाशित

 

विनोद रोका, न्युर्योक

यो मन पनि बिचित्रको छ। मनले हमेसा सताई रहेकै हुन्छ। मनले यो माया र मोहको झुठो संसारमा स्थायी सुख केवल ओंममा मात्र पाईन्छ। ओंममा नै शुख, शान्ती, र आनन्द समाहित छन।अन्यत्र कहि पाईन्न भन्ने जानकारी आध्यात्मिक प्रवचन एवं शास्त्रहरुको अध्ययनबाट थाहा पाएको पनि छ। भनिन्छ ओंम शव्द आफैमा चैतन्य ब्रम्ह हो। अनि ब्रम्ह भित्रै सारा ब्रम्हाण्ड छ। हामी जिव पनि त्यही ब्रम्हाण्डका एऊटा अंश हौ। त्यो चैतन्य अंश नत जन्मन्छ नत मर्दछ। त्।र यो धु्रर्वसत्यलाई मनले कहिले पनि बुज्न सकेन।

मनले चाहेको एऊटा कुरा खोजेर भ्याएको हुन्न तुरुन्तै फेरी अर्को चाहिन्छ। यदि यो मनले ओंमरुपी आध्यात्मको कसीमा यो मायावी जगतलाई मनले जाचेको भए स्वाद र मज्जाको खोजमा यसरी ऊडेर सताई रहने थिएन होला।

यो मन कहिले पनि आफनो पागलपन छोडर होसमा आऊन मान्दैन। अध्ययन, प्रवचन, र सत्संगको कारणले गर्दा आध्यात्मको बारेमा तर्क गर्ने बुद्धि त बटुलेको छ। तर यो मनले होसमा आऊने ज्ञान केवल ओंममा छ। हरिनाममा छ। भन्ने बुमmेर अभ्यास गर्ने चाहेन। मनले ओंम वा रामको नाम लिने भाखा मात्रै सारि नै रहयो। मनका सन्तती बुद्धि,र चित्तमा बसेको अहंकारले कहिले पनि ब्रम्हज्ञानी गुरुको चरणमा जान मानेनन। यो मन गुरुको चरणमा सर्मपण गर्न गएको भए अवस्य पनि धर्मको ज्ञान पाएर ओंम वा रामका शरणमा पु्गी सचिदानन्दको सागरमा रम्ने थियो। पानीको थोपा महासागरमा हराए मmै।

मनसहितको यो बुद्धिले ओंमको शाव्दीक अर्थ धेरै सुन्यो। शास्त्रहरु धेरै पढयो। आजकाल संचार माध्यमले ओंम लगायतका अन्य बिषयमा जानकारी दिने प्रसस्त सामाग्रीहरु राखिदिएका छन। ती सामाग्रीहरु मानिसले सय सय बर्षका धेरै जुनि पाएपनि पढेर वा सुनेर नबुजिने अवस्था छ। अनि सबै पढेर वा सुनेर पनि कुनै एऊटा निष्र्कस निकाल्न सकिदैन। किनकि प्रत्येकले दिने तर्कहरु कुनै धर्म वा सम्प्रदायसंग। अनि अरुले भनेकोका र आफुले संकलन गरेका सुचनामा आधारित छन।

वैज्ञानीक तवरले प्रमाणीत भएका तथ्यहरु पनि देखिएका र भेटिएका बस्तुहरुको परिश्रणमा मात्र सिमित छन। यो पृथ्वीमा देखिएका चिजहरुको मात्रा थोरै छ भनेर बिज्ञान भन्छ। भनिन्छ युनिभर्समा करिब सत्तरी प्रतिशत भन्दा पनि बढी नदेखिने ब्याल्क म्याटर छ रे। अनि विज्ञानले देखिने भनिएका बाकी करिब २७ प्रतिशत मध्ये सायदै ५ प्रतिशत पनि थाहा पाएको होला परिश्रण गरेर।तर हम्रो जिवनमा देखिने र नदेखिने दुवै तत्वको प्रभाव परि रहेको हुन्छ,। भरखरै प्रकाशनमा आएको समाचार अनुसार ईण्डोनेसियामा रहेका धेरै गुफाहरु मध्ये सुलेवेसी भन्ने गुफाको भित्तामा दुईवटा सुगुर र चारवटा साना पानीमा पाईने भैसी, अनि आठवटा जति मानिसका आर्कतीहरु भएको चित्र अर्थात मुराल भेटियो। जस्लाई कम्तीमा पनि ४४ हजार बर्ष पुरानो अनुमान गरिन्छ। यो भन्दा अगाडी भेटिएको चित्रलाई यति पुरानो थिएन।

त्यसैगरी १८००० हजार बर्ष पुरानो ब्वासो वा कुकुर प्रजातिको अस्थिपन्जर भेटिएको छ र स्विडेनमा परिश्रण गरिदैछरे। भनिन्छ यो अहिलेसम्म भेटिए मध्येको पुरानो होे। यसरी भेटिनुमा हिऊ पग्लीनु हो। हिऊमा दबिएर रहेका अन्य कतिपय अस्थिपन्जरहरु हिऊका चुचुरा पग्लदै जादा अमmै कति र के के भेटिने हुन थाहा छैन।

यसरी पुरिएर रहेका पुराना भौतिक अवशेषहरु प्राकृतिक प्रकोपका कारणले भेटिदै जाने क्रममा भोली महाभारतकालीन कृष्णको दरवार, युद्धमा मारिएकाहरुको अवशेषहरु। अनि रामकालीन समयका अवशेष पनि भेटिन सक्ने सम्भावना रहन्छ। तर मनसहितको बुद्धिले यो कुरा मान्दैन। किनकि यो बुद्धिको सफटवेरमा यस्ता डाटानै बिज्ञानले परिश्रण गरेर अमmै हाली दिएको छैन। अनि गुगल सर्च वा युटवुवमा यस्तो जानकारी पनि राखेको पाईदैन। त्यसैले मन कहिले पनि यो नबदलिने ओंमको शरणमा जान मान्दैन किनकि विज्ञानले प्रमाणित गरेको प्रमाण छैन। अनि त मन प्रत्येक क्षण बदली रहने भौतिक जगतमा नै कहिले नबदलिने सत्य खोजी रहन्छ। कबीरले भनेमmै पानीमा माछा प्यासै हुन्छ।

यो मनरुपी पानीको अहंकारी थोपाले आफनो मुलस्वरुप भनेको गंगोत्री ओंम अर्थात परमात्मा हो भन्ने थाहा पाऊन तत्वज्ञानी गुरुको चरणमा आफुलाई सर्मपित गर्ने मान्दैन। त्यसैले मैले एक दिन एऊटा यस्तै भावको गीत लेखे। यो गीतलाई जानी नजानी हारमोनियममा गुनगुनाए अनि आफैले गाए पनी। यो आफनै लागि आफैलाई लेखेको गीत भएको हुदा संगीतकार र गायक पनी खोजिन। किनकि गीतको उदेस्य आफुलाई नै सचेत गराऊनु हो। गायक गम्बु शेर्पाभाईलाई एकदिन मेरो ल अफिसमा आएका बेला सुनाए। ऊन्ले भने भजन हो दाई आफैले गाए हुन्छ। छोराले छोडने भनेको यस्तै श्रृजनाको कृति त हो। मरेपछि सन्तानले गरिदिने होईन क्यारे। त्यस्तै अर्का संगीतकार गायक गणेश पराजुलीजीलाई पनि सुनाए। उन्ले पनि ठिककै छ भने। अनि मैले यो गीत अप्रिल २०१९ मा नेपाल गएका बेला प्रज्ञा साउण्डमा रेर्कड गराए।

ए मन. किन सताउछस भन..
ए मन. किन सताउछस भन

माया मोहको मिठो संसारमा स्थायी सुख कहि पाईन्न
यहि नै सत्य बुझेमामा तैले संसारको सुख केही चाहिन्न

एउटा खोजेर भ्याएको हुन्न, तुरुन्तै तलाई अर्को चाहिन्छ
लोभ र लालचको स्वार्थी जगतमा चाहेको सवै कहा पाईन्छ.
छोडी पागलपन होसमा त आईज
ह्रि नाम लिन कुर्नु पर्दैन साईत
अहंकार त्यागी जा सतगुरुका चरणमा
पाएर ज्ञानधर्मको पुग रामका शरणमा ।

 

प्रतिक्रिया