सचिवालय बैठकको एजेन्डा तयार पार्दै प्रचण्ड, विहीबार परिवारसँग मात्रै !

इनेप्लिज २०७६ मंसिर २६ गते १०:४७ मा प्रकाशित

काठमाडौं, २६ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बोलाइएको सचिवालय बैठकको एजेन्डामा केन्द्रित भएका छन् ।

विहीबार जन्मदिन परेका प्रचण्डले कुनै औपचारिक कार्यक्रम राखेका छैनन् । एजेन्डामा केन्द्रित भएर काम गरिरहेका छन् । शुक्रबारको सचिवालय बैठकले स्थायी समिति बैठक, केन्द्रिय कमिटीको बैठक तथा पोलिटव्युरो गठनसम्बन्धी महत्वपूर्ण निर्णय लिन सक्नेछ ।

यसैबीच प्रचण्डले आफ्नो जन्मदिन परिवारका सदस्यसँग मात्रै मनाउने भएका छन् । सचिवालय बैठकमा केन्द्रित भएका उनले त्यसकारण पनि विहीबार कुनै सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने बताइएको छ ।

प्रतिक्रिया