नभन परदेशी ;सुनिता बस्नेत

इनेप्लिज २०७६ कार्तिक १५ गते २३:३१ मा प्रकाशित

नभन मलाई त्यो परदेशी भनि
सन्तान तिम्रै हुँ जहॉ भए पनि
नभन मलाई त्यो निष्ठुरी भनि
भाषा तिम्रै बोल्छु जहॉ भए पनि

तिम्रो काख छोडें बाध्यताले
तिम्रो माया मनमा घटेको छैन
तिम्रो साथ तोड़े बाध्यताले
तिम्रो छायॉ मनबाट हटेको छैन

नभन नलाई त्यो निर्मोही भनि
तिमी नै धड्किन्छौ जहॉ गए पनि
नभन मलाई त्यो परदेशी भनि
तिम्रो माटो हुँ म अत्तर छर्के पनि

तिम्रो तस्विर ऑखामा वोकेको छु
तिम्रो रंग मेरा अंग भरि भरेको छु
नभन मलाई त्यो पराई भनि
तिनै आमाको कोख हो मेरो पनि

तिम्रो संस्कृतिले चाडबाड भरेको छु
तिम्रो यादमा नै जीवन जडेको छु
नभन मलाई त्यो परदेशी भनि
तिम्रो दुखमा रोएको छु सधैं म पनि

 

प्रतिक्रिया