साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाउंछः बरिष्ठ साहित्यकार बुद राना

इनेप्लिज २०७६ कार्तिक ९ गते ०:०७ मा प्रकाशित

टिकापुर , कैलाली । अक्षर साहित्य प्रतिष्ठानको बाह्रौ स्रष्टा आँगन तथा सम्मान कार्यक्रम यसपटक टीकापुरमा भएको छ । प्रतिष्ठानको श्रष्ठा आँगन कार्यक्रम साहित्यकार बलबहादुर रावलको आँगनमा भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै वरिष्ठ साहित्यकार प्राज्ञ बुँद रानाले साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाउने बताउनुभयो । उहाँले प्रकृतिले सबै थोक दिएको भएपनि प्रवृत्तिले ठग्ने हुनाले युवाहरुले युगवाहकको रुपमा रहनुपर्ने बताउनुभयो । साहित्यले विकृति रोक्नमा सहयोग पुग्ने र साहित्यबाटै सँस्कार, सँस्कृति सिकाउदै समृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा साहित्यकार एबम समाजसेवी बलबहादुर रावल, उहाँका आमाद्धय सावित्री देवी रावल र चम्फादेवी रावल, पत्रकारिता क्षेत्रबाट समाजलाई सहयोग गर्ने पत्रकार गणेश चौधरीलाई श्रष्टाको आँगनमा सम्मान गरिएको छ ।

अक्षर साहित्य प्रतिष्ठान लम्कीका अध्यक्ष धनराज अविरलले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मदन प्यासीले गर्नुभएको थियो । कार्यक्रममा पुर्व राज्यमन्त्री चन्द्र सिंह भट्टराई , वरिष्ठ साहित्यकार गगनसिह थापा र सोनु गुरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो भने रुपा रावल स्वार लगाएत २१ जना स्रष्टाले विभिन्न रचना वाचन गरेका थिए । कार्यक्रम संचालन साहित्यकार विपी खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया