दशैं -बिरकाजी बस्नेत

बिरकाजी बस्नेत २०७६ असोज २४ गते २२:२२ मा प्रकाशित

बिरकाजी बस्नेत ।  जब दशैं पर्बको थालनी हुन्छ अनि नेपालमा दशैं बारे बिभिन्न टिका टिप्पणी र बहस सुरु हुने गर्दछ । पहिले दशैं बर्ष दिनमा आउँदा राम्रो लगाउने ,मिठो खाने ,पिङ खेल्ने ,सम्पूर्ण परिवारका सदस्यको पारिवारिक पुनर्मिलन हुने ,माइत मामलमा टिका थाप्दै दक्षिणा बटुल्ने ,स्कुल कलेज बिदा हुने ,ब्यस्त दैनिकी बाट फुर्सद निकाल्दै मनोरन्जन लिने ,सुचिकारको नजिक बसेर नयाँ लुगाको बास्ना सँगै आफ्नो लुगा पहिले तयार होस् भनी जोड्बल गर्ने ,बारी डिलमा लटरम्ब फलेका अंबा टिप्दै खांदै हिंड्ने ,खेतका आलिहरुमा हिड्दा पाक्न लागेका धानका बालाहरु बाट आउने बास्नाको अनुभुती गर्ने ,थरी थरिका फुलहरु फुलेको हेर्दै मजा लिने जस्ता कार्य हुने गर्दथे । चारै तिर राम्रा लुगाहरुमा सजिएर सोलिमा कोसेली बोक्दै माइत हिंडेका चेलीबेटी र पिङ् खेल्न जम्मा भएका समुहले गीत गांउदै ,मादल बजाउदै र पिङ खेली रहेको आवाज र जुनेली रातहरुले गर्दा अपेक्ष्याक्रित रातिमा एक्लै हिंड्न परेमा पनि डर नलाग्ने अवस्था बन्दथ्यो।

सामुहिक बाटोघाटोको मर्मत सम्भार चौतारी ,देबी देउराली ,पानी पंधेरो ,पाटि  पौवाहरुको सरसफाइ दशैंको पूर्व सन्ध्यामा गरिन्थ्यो भने घर आगन लिपपोत मैला लुगाको सरसफाइ र नुवाइधुवाइ जस्ता स्वस्थ क्रियाकलाप हुने गर्द्थे । जस्तै गरीबकोमा पुगे पनि चिउरा ,केरा ,दही ,मासु सगुनको रुपमा खान पाइन्थ्यो । समय परिवर्तन संगै दशैं हिन्दूहरुको मात्रै चाड हो अरुले किन मनाउने ,बिजेताहरुले बिजित माथी लादेको ,रगतले मुछेको टिको जस्ता तर्क आउन थाले र दशैं बहिस्कार अभियान सुरु भयो र केही राजनीतिक पण्डाहरुले यस् माथी मल्जल गरिदिए । यसले गर्दा आफ्ना संस्कारहरु बिटुलो बन्न पुगे । जहाँ सम्म दशैं हिन्दूहरुको मात्र र अहिन्दूको होइन भन्ने कुरा छ सबै र सबै ठाउका हिन्दूहरुले दशैंमा टिका जमारा लगाउदैनन । जस्तो कि उत्तर भारतका हिन्दूहरु दिपावली मनाउछन ,बिहारका र नेपालको तराइका हिन्दूहरु छठ पर्बलाई मुख्य चाडहरुको रुपमा मनाउछन ,महारास्ट्रका हिन्दू गणेश चतुर्थी र कलकताका हिन्दूहरु काली पूजालाई मुख्य रुपले मनाउछन भने इण्डोनेसियाको बालिका हिन्दूहरु रामनवमीलाई मुख्य पर्बको रुपमा मनाउछन । यो नेपालमा बिसिस्ट ढंगले राष्ट्रिय पर्बको रुपमा मनाइन्छ । दशैं शक्ति उपसनाको पर्ब हो । नेपालका शक्ति पिठहरुमा जनजाती तथा आदिबासी पूजारी रहने गर्दछन जस्तो कि मनकामना ,आलम देबी स्य।ङ्जामा मगर पूजारी ,नबदुर्गा भक्तपुर ,पलान्चोक भगवती ,सोभा भगवती ,भद्रकालीमा बज्रचार्य नेवार पूजारी ,राजदेवी मन्दिर राजबिराजमा थारु पूजारी रहने गर्दछन । यसरी नेपालका चाडपर्बहरुमा दोहोरो प्रभाब छ । दसैलाई रामले रावण माथि बिजय गरी खुसियालिमा मनाउने गरेको अर्थात आर्यले अनार्य माथि चढाइ गरेकाले यो अनार्य हरुको पर्ब होइन भन्ने ब्याखा गर्दै हिंड्नेहरु रावण पुलत्स्य रीसिका नाती हुन वा आर्य बंसी हुन चाँही भन्दैनन । अर्का तिर देबिले महिसासुर माथि बिजय प्राप्त गरेको अबसरमा मनाउने गरिएको भन्ने छ ।

तर यो कुन कालखण्ड हो वा दशैं कहिले देखी प्रचलनमा आयो भन्ने ख्याल नगरि यसलाई प्रिथिवी नारायण शाहको बिजय अभियान सँगै सबैलाई मान्न वाध्य पारीयो भन्ने कुतर्क छ । गोर्खाको फूलपाती नेवार तह लाउन काठमाडौं ल्याउन थालिएको तर्क गर्नेहरु उनले नेवारकी छोरी जिबित देबी कुमारीलाई गोडामा ढोगेको र यहाँका जात्रा ,पर्ब बिना हस्तछेप निरन्तरता प्रदान गरिएको कुरा सम्म पुग्न चाहदैनन । हिजोको दिनमा जुनसुकै जातिको द्वारे ,उमराव ,सुब्बा ,मुखिया जिम्मावल भएपनी सबै जातिका मान्छे हरु दशैं उपहार र सगुन लिएर मान्न जान्थे भने यसलाई खस आर्यको मात्र पर्ब हो भनेर किन कित्ताकाट गर्नु पर्‍यो । निधारमा टिका र कानमा जमारा नलगाउनेहरु शान्ता क्लुजको टोपी सिरमा पहिरिने र जिङाबेल भन्दै बत्ती चम्किएको रुखको छेउमा बसेर सेल्फी हान्न भने गर्ब गर्दछन । अर्को यस् पर्ब माथीको प्रहार बली प्रचलन लाई लिएर गर्ने गरिन्छ । बुद्धिस्ट बाहेक संसारका सबै धर्ममा कुनै न कुनै रुपको बली दिहिन्छ। ईस्लामहरुले उंटको बली दिने गर्दछन भने क्रिस्चियन हरुले भेडा लगायत टर्की चराको बली दिएर टर्की डे मनाउने गर्दछन । अर्को कुरा संसारका सबै मांसहारीहरुले जनाबर ,पशुपन्छी काटेर वा मारेर नै उपभोग गर्दछन । किन नेपालमा मात्र बलिको बिरोध गर्दै पशु अधिकारकर्मी भन्ने हरु अभियान चलाऊछन । यो पर्बमा हातहतियार ,खुंडा खुकुरी सांध लगाउने त्यसमाथी रगत चढाउने भनेको शत्रु सँग परेमा युद्धको तयारी गर्ने र त्यस्मा अभ्यस्त हुने पूर्बाभ्यास हो जसबाट राष्ट्र ,समाज र परिबार लगायत धर्म र संस्कृतिको रक्षाका कुरा पर्न आउछन । नत्र बिधर्मीहरुले १२ औ श्ताब्दिमा कास्मिरी पण्डितलाई मुस्लिम बनाएको , राम जन्मभुमीमा बाबरी मस्जित बनाएको ,नालन्दा , तक्ष्यसिला जस्ता शिक्षाका बिशाल केन्द्र हरु ध्वस्त पारेको ईतिहास र त्यो नियती भोग्नु नपरोस भनेर हो ।

हिजो समसुद्धिनले काठमाडौं उपत्यकामा र गयासुद्धिनले सिम्रौन गढ लुट्पाट र ध्वस्त पारेको ईतिहास हामी सँग पनि छ । केही बर्ष अघि दशैंका लागि ल्याएका भेडा च्याण्ग्राहरु किनेर जंगलमा छोडिदिने अधर्मीहरु यहाँ देखिएकै थिए । अर्को गलत अबधारणा जनजाती बर्गहरु हिन्दू होइनन भन्ने पनि छ । नेपालमै नेवार जातिमा गुभाजु ,राजोपध्याय जस्ता हिन्दू पुरोहित लगायत बज्रचार्य जस्ता बौधगुरु हरु देखी पोडे दलित समुह सम्म पनि छन । काठमाडौंका मठ मन्दिर र कला नेवारहरुकै सिर्जना हो । विश्वकै बिशाल यङकरवाट को बिशाल हिन्दूको बिष्णु मन्दिर त्यहाका गैर आर्यहरुले निर्माण गरेका हुन । बालिमा हिन्दूहरु मंगोल समुदायले नै गरेका हुन । अफगानिस्तानका हजारा देखी किर्गिज ,ताजिक नेप्टो नाक भएकाहरु मुस्लिम छन । यसरी हेर्दा नाक र नस्लमा कुनै धर्म सिमित छैन । नेपालमा सिद्ध बाबा ,देखी पाथिभरा लगायत बुढा सुब्बा सम्म सबै धार्मिक स्थलमा आर्य अनार्य आस्था राख्दै फुल प्रशाद अर्पण गर्दछन । प्रिथिवी नारायण शाहको बिजय अभियानमा पूर्वमा लिम्बु भन्दा जुम्लामा खसहरुले बढी साहदत प्राप्त गरेका हुन ।

पासांग शेर्पा र आङ्काजी हरु आदिबासी नेता हुने आभिर लिच्चवी देखी पशिमका खसहरु आप्रबासी हुने पारीभासा केबल डलरे गैर सरकारी संस्थाका मालिकहरुमा मात्र छ । किरात आदिबासीको कुरा अर्कै हो ।दशैं चाड र संस्कार परीत्याग गर्ने पढे केही आसिर बचनको अर्थ लाई अनर्थ बनाउने विद्वान पनि नभएका होइनन । जस्तो द्रोणका छोराको जस्तो आयु होस् भन्ने कुरालाई दिर्घजिबी हुनु भन्ने होइनकी द्रोणको छोरो जस्तो हुनु भनी अर्थ्याउने पनि छन । आसिर्बाचनमा पुरुष पात्रको मात्र चर्चा भयो भन्ने केही महिला बादीहरु महाकाली ,महामहालक्ष्मी र महासरस्वती को कुरा र जयन्ती ,मंगलाकाली ,भद्रकाली ,शिवरात्रिको प्रसंग बेवास्ता गर्छन् । पढे लेखेका टाठा बाठा बैज्ञानीक समाज बादी नास्तिक हरु देखी ,एन जि ओ को मालिकहरुको भ्रमपुर्ण प्रचार बाजी र जनजाती बस्तिहरुमा निर्बाध चर्च बिस्तार गर्ने र संसारलाई एकल संस्क्रिती बनाउन लागि परेका साम्राज्यबादिको बहकाब बाट अर्थात असत्य बाट सत्यको बिजय गर्नु पर्ने सदबुद्धी सबै नेपालीमा आवॊस । शुभकामना ।

प्रतिक्रिया