इन्डेक्स युनिभर्सल लाइफ इन्सुरेन्स भनेको के हो ?

सुवास ढकाल/ राज घिमिरे नर्थ क्यरोलाइना २०७६ असोज १९ गते ११:२९ मा प्रकाशित

आईयुएल भनेको पर्मानेन्ट लाइफ इन्सुरेन्स हो जसले प्रोटेक्सनको काम पनि गर्छ । र सेभिङ्ग को काम पनि गर्छ | यसको अर्को महत्वपुर्ण पक्ष भनेको मार्केट लस भएको खण्डमा पनि प्रदान गर्ने प्रोटेक्सन हो ।

अन्य लगानीहरु मार्केट लस हुँदा घट्न सक्छन । आईयुएल भने चैं त्यस्तो हुदैन, न्युनतम रिटर्न प्रदान गर्ने पर्छ । यो प्रोडक्ट नै त्यस्तै खाले हो । उमेर बढे संगै बिमा प्रिमियमबढ्ने हुँदा बेलैमा पोलिसी किनेर राख्नु उचित हुन्छ ।

आफ्नो लागि अनि आफ्ना छोरा-छोरीहरुका लागि पोलिसी किनेर बेलैमा ढुक्क भएर बस्न सकिन्छ । रेटायर एकाउन्ट मा जम्मा गर्ने थप पैसाहरु आइयुएल मा हालेर दोहोरो लाभ लिन सकिन्छ ।

कलेज फन्डमा जम्मा गर्ने पैसाहरु पनि आइयुएलमा राखेको खण्डमा सेभिङ्गमा काउन्ट नहुने हुँदा सेभिङ्ग पनि हुने र स्कलरशीपको लागि बाटो पनि रहिरहने हुन सक्छ । इन्सुरेन्स सम्बन्धि जानकार चिनेजानेका एवं भरपर्दा मान्छेहरुसंग सम्पर्क गरेर यो बारेमा जानकारी लिनु उपयुक्त हुन्छ ।

आफैंले पनि इन्टरनेट I बाट जानकारी लिन सकिन्छ । जसरी अन्य इन्सुरेन्स (हेल्थ ,भेहिकल र होम )अनिवार्य छन् । लाइफ इन्सुरेन्स पनि अनिवार्य छ | अन्य inइन्सुरेन्स विविध कारणहरुले अनिवार्य छन् छन् भने लाइफ इन्सुरेन्स लाइ भने आफैंले अनिवार्य बनाउनु पर्छ ।

जिन्दगि भन्दा अमुल्य केहि हुँदैन । भबिस्य भवितव्य जसलाई पनि पर्न सक्छ । अझ प्रोटेक्सन र सेभिङ्ग दुवै को सुविधा हुँदा त झन् सुनमा सुगन्ध नै भयो नि । यस सम्बन्धि अरु जानकारी चाहिएमा हामीसंग सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।

 

प्रतिक्रिया