अफ्रिकाबाट हिक्मत थापा एनआरएनए उपाध्यक्षको उम्मेदवार

इनेप्लिज २०७६ असोज ५ गते ०:४३ मा प्रकाशित

गैरआबासिय नेपाली संघको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्बाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तरास्ट्रिय कार्यसमितिको उपाध्यक्षको उम्मेदवारी दिने भएका छन । सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरि सस्थापक अध्यक्ष बनेका थापा , सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष , सन २०११- २०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५-२०१९ दुई कार्यकाल अन्तरास्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन ।

नेपालीहरु भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको थियो । नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भुमिका खेल्दै गरेका छन ।

अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरु रहे पनि भुकम्प र अन्य दैबी प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुटेने गरेको छ । त्यस्तै विभिन्न जिल्लाहरुमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन ।

गत भुकम्प पछि आफू कार्यरत सस्थाबाट भुकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।  बिगत दुई कार्यकाल कोषाध्यक्ष रहदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भुकम्प राहतको कोष सन्कलन , नाकाबन्दीको राहात र बाढी , हुरी पीडित राहात संकलनको ब्यबस्थापन गरेका थापाको दोश्रो कार्यकाल मुलत लाप्राक बस्ती , भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित रहे ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेशा ,ब्याबसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ । उपाध्यक्षमा निर्बाचित भए पछि सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने , बिशेषत खाडी , मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्बाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउन्छन ।

समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने थापाको मुलघर कैलालीको टिकापुर हो भने उनी बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्छन ।

तस्बिर :बिमल नेपाल

प्रतिक्रिया