म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु।

विनोद रोका, न्युर्योक २०७६ असोज ३ गते २२:३६ मा प्रकाशित

विनोद रोका, न्युर्योक ।

पढेर, सुनेर, वा देखेर थुपारिएका बिचारका कारणले गर्दा प्राय अरुले भनेको कुरा सुन्ने ध्येर्यता हुदैन। त्यसैले गर्दा हामीसंग प्रश्नहरु हुन्छन जान्ने र बुज्ने जिज्ञासा हुदैन। त्यस्तो व्यक्तिको उदाहरण दिनु परयो भने हाम्रो बानी अरुलाई देखाऊने हुन्छ। त्यो बानी मेरो पनि छ। त्यसैले मैले पनि बेला मौकामा त्यस्ता व्यक्तिलाई बुद्धि भरिएका मान्छेहरुको उदाहरण दिने गरेको छु।

यस प्रसंगमा मलाई बुद्ध र सारीपुत्तको बारेमा सुनेको एऊटा कथाको स्मरण हुन्छ।

ब्राम्हणका छोरा सारिपुत्त धर्मशास्त्रका ज्ञाता थिए। सारिपुत्त लगायतका साधकहरु आफनो गुरुकुल आश्रम छोडेर बुद्धको शरणमा पुगे सिष्य बन्ने चाहाना लिएर जब बुद्धको बारेमा थाहा पाए। ऊनीसंग अन्य सैयौ अनुयायीहरु पनि पछि लागे। सारीपुत्तसंग शास्त्रद्धारा भनिएका अरुका अनुवको ज्ञानको भण्डार थियो। त्यसैले उन्ले बुद्धसंग केही प्रश्नहरु राखे। उन्को प्रश्न सुनेर बुद्धले भने यी प्रश्नहरु तिम्रा आफना निजी होईनन। यी प्रश्नहरु तिमिले शास्त्र पढेका आधारमा गरेका हौ। त्यसैले मैले दिएको जवाफले तिम्रो जिज्ञासा मेटिदैन। तिमि मलाई तिम्रा आफना अनुभवका प्रश्नहरु गर। म ति प्रश्नहरुको उत्तर दिन्छु। सारीपुत्तले यो तथ्यलाई स्विकारे र आफु शास्त्रका प्रश्नबाट खाली भए। बुद्धले उन्लाई शिष्यको रुपबाट स्विकार गर्दै भने अब तिम्रो मुक्तिको बाटो खुल्यो। तिमि खाली भयौ। अब त्यो खाली ठाऊमा तिमिले ध्यानको माध्यमबाट आर्जित आफनो ज्ञानको दियोबाट सबै प्रश्नहरुको उत्तर पाऊने छौ। लामो समयसम्म सारिपुत्त बुद्धसंग प्रश्न गर्न गएनन। एकदिन बुद्धले सारीपुत्तलाई सोधेछन तिम्रा प्रश्नहरु केहीछन भने सोध। प्रतिउत्तरमा सारीपुत्त मौन थिए। किनकि ऊनीसंग अब अरुको अनुभवद्धारा निस्किएका उधारो ज्ञान थिएन। उन्को खाली ठाऊमा अब ध्यानद्धारा आर्जित आफनै अनुभव थियो। उनी भित्रको ज्ञानको दियोले अध्यारो हराई सकेको थियो।

केही बर्ष अगाडी पतन्जली योग नेपालका गुरु ललित शंकरजी २०१२ मा अमेरीका आऊनु भएको थियो। मैले ऊहालाई डलास, टेक्सासमा मित्र देवी आचार्यजीको माध्यमबाट भेटेको थिए ईन्द्रेणीले गरेको नेपाली समुदायको लागि ईमिग्रेशन कानुनको बारेमा आयोजना गरेको कार्यक्रममा न्युर्योकबाट वक्ताको रुपमा गएको बेला। त्यस बेला ललितजीले डालासमा योगाभ्यासको प्रशिक्षण दिनु भएको थियो। मैले ऊहालाई न्युर्योकमा आऊने निम्ता दिए। सनातन धर्म सेवा समिति न्युर्योकका तर्फबाट हामीले पनि एऊटा कार्यक्रम राख्यौ। यो समिति विष्णुदाईको अगुवाईमा विगत २५ बर्षदेखि न्युर्योक शहरको क्विन्स, ज्याक्सनहाईटसको सेरोफेरोमा एऊटा पशुपतिनाथ र बुद्धको मन्दीर बनाऊने सपना बोकेर सनातन धर्मको विडो थामी रहेको छ।

ललितजी केही दिनका लागि मेरो पाहुना हुनु भयो। एक दिन ललितजीले भन्नु भो “ विनोदसर एऊटा अमेरीकी प्रोफेसर मेरो योगाभ्यासको कार्यक्रममा भाग लिन आयो। कार्यक्रम पछि पनि मसंग लामो समयसम्म योग र यसबाट हुने फाईदाका बारेमा जानकारी लियो। अनि मैले ऊनलाई सोधे “तपाई प्रोफेसर जस्तो मान्छेले म थोरै पढेको मान्छेसंग यसरी प्रश्न सोध्ने र मैले जवाफ दिनु पर्दा अपठ्यारो लागि रहेको छ “। यस्को जवाफमा प्रोफेसरले भने “मेरो बिषयमा पो त मलाई जानकारी छ तर यो योगको बारेमा म अनभिज्ञनै छु। त्यसैले म यसबारेमा तपाईबाट राम्ररी जान्न चाहान्छु किनकि तपाई यस्को ज्ञाता हो।” तर हाम्रो नेपाली समुदायमा प्राय सहभागीहरुको कुनै जिज्ञासा हुदैन। यदि कसैले बोलीनै हाले भने कित गल्ती देखाऊछन कित आफनै धारणा राख्दछन वा फलानाले त यसो भन्थे तपाईले किन यसो भन्नु भो भनि प्रश्न गर्नुहुन्छ। किन होला? ऊहाको प्रश्नमा मैले पनि प्वाक्क भनिहाले “गुरु हाम्रो भरिएको बुद्धिमा राख्ने ठाऊनै बाकी छैन। अलिकति खाली भएन सुन्ने अनि जिज्ञासु हुने।” अनि हामी दुवैजना मस्तले हास्यौं। मैले पछि महसुस गरे म पनि ऊही डयांगको मुला रहेछु भन्ने। आज धेरै बर्ष पछि फेरी मलाई ललितजीसंग भएको माथिको भनाईको सम्मmना आयो।

प्रसंग के भने हामीले न्युर्योकको क्विन्समो विगत १ बर्षदेखि हप्ताको प्रत्येक आईतबार सामm सामुहिक ध्यान साधना र सत्संघको थालनी गरेका छौ। यस्मा करिब १५ जना जति सदस्यहरु छौ। हामीले एकघण्टा ध्यान र केहीबेर सत्संघमा समय विताऊछौ। समुहका सदस्यहरु विभिन्न ध्यानका पद्दतीबाट आऊनु भएको छ। विपश्यना, रजनिश, रविशंकर, डा. रमानन्द गिरि, डा. पिल्लाई, योगाचार्य बालकृष्ण, वेनप्रभु, आदि। कहिलेकाही न्युर्योकमा आऊनु भएका बेला अन्य सम्प्रदायका व्यक्तिरुसंग पनि हामीले सत्संघ गर्ने गर्छौ। केही समय अगाडी रेम्पोचे गुरुजीका साथमा रहेर उहाले सिकाऊनु भएको ध्यान पद्दती र रक्षासंग पनि हामी सत्संघमा सामेल भयौ।

हाम्रो समुहका साथीहरुले बालज्ञानी गुरु आदित्यको चैत्र २४ देखि ३०, २०७५ मा ऊं आदिकुन्ज, गौरीनगर, काठमाण्डौ, नेपालमा आयोजित त्रिगजुर शिवालयको प्राण.प्रतिष्ठान एवम ऊं आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको पावन अवशरमा “ ऊं आदि अनादि आदित्याय परमज्योति आराध्याय ऊं नमो नम. “ मन्त्रको सामुहिक मन्त्रको पाठ न्युर्योकमा पनि गरयौ। र हामीहरुलाई बालज्ञानी गुरु आदित्यद्धारा आविष्कार गरिएका मन्त्रहरुको पाठ र ध्यानका विधिको अनुसरण गर्न सहज पनि हुन्छ। तर यस्तो सहजता समुहका कुनै सदस्यले मानि आएको गुरुजीको प्रकृयामा भने हुने गर्दैन।

समुहका साथीहरुलाई गुरु आदित्य र अन्य गुरुहरुको बारेमा केही कुराहरु थाहा छ। केही प्रत्यक्ष सम्पर्कबाट र केही उहाहरुका बारेमा सार्वजनिक भएका र सुनेका आधारमा। त्यसैले कहिलेकाहि कुनै खास गुरुको सानिध्यमा रहेका व्यक्तिले गुरुका बारेमा केही बोल्न लाग्यो भने हामी पनि आफनो भनाई राख्न हतारिन्छौ। यही मेसोमा गुरु आदित्यका नजीकमा रहेका साधकहरु डा. राजु अधिकारी, शुसिला र सागर थापाजीलाई हामीले हाम्रो सामुहिक ध्यान र सत्संघको क्रममा पटक पटक स्वागत गर्ने मौैका पाएका छौ। उहाहरुले ज्ञानका सागर गुरु आदित्यको प्रत्यक्ष सम्पर्कमा रहेर अनुभव गरेका अनि बटुलेका केही अमृतका थोपाहरु हामीलाई बाडनु हुन्छ। गुरु आदित्यले आफनो भनाईलाई पस्कने क्रममा भन्नु पनि भएको छ। “साधकको सानिध्यमा रहनु र स्पर्श गर्नु नै पनि साधकतापुर्ण मार्गको यात्रीको स्थान सुरक्षित राख्नु हो” तर कहिले काहि म लगायतका अन्य साथीहरुले साधकहरुका अनुभवका कुरालाई राम्ररी सुन्दैनौ र आफना बिचारहरु थप्न थाल्दछौ। यसरी सिक्वेन्स नमिलेको अवस्थाको ज्ञात जब मलाई हुन्छ म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु।

प्रतिक्रिया