वेलायती गोर्खा सैनिकहरुले कर्णेल रविन्सनलाई ‘गार्ड अफ अनर’ दिए

इनेप्लिज २०७६ असोज २ गते २०:५० मा प्रकाशित

रोशन मेवाहाङ/इनेप्लिज डट कम-
लण्डन । केन्ट फोक्स्टन, सनक्लिफस्थित सर जोनमोर व्यारेकमा कर्णेल जेजि रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्ड अफ अनर’ दिएका छन् ।

ब्रुनाई राजदरबारकालागि सुरक्षामा तैनात भईरहेका दोस्रो गोर्खा बटालियन(टु आरजिआर) का सैनिकहरुले भने गत महिना रविन्सनलाई ‘गार्ड अफ अनर’ दिदै विदाई गरेका थिए । सन् २०१२ डिसेम्बरमा कर्णेल व्रिगेड अफ गोर्खाजमा नियुक्ति भएका कर्णेल रविन्सनलाई बटालियनको मन्दिरमा पन्डित शंकरमणि नेपालद्वारा पुजा आराधाना गरी विदाईको कार्यक्रम सुरुवात गरिएको थियो । 

कमाण्डिङ अफिसर लेप्टिनेन्ट कर्णेल 
कोन्र्‍रे  , गोर्खा मेजर मेजर ललित गुरुङ र रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान नरविर गलामीलगायत सम्पूर्ण सैनिकहरुले फुलमाला लगाई विदाई गरेका हुन । 
यातायात विभागद्वारा सहिसजावट गाडिमा नेपाल, वेलायत र आरजिआरको झण्डा फर्रफराउदै गाडरुम सम्म तातेर पुर्याएका थिए । गाडरुम पुगे लगत्तै कर्णेल जेजि रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्डअफअनर’ दिएका हुन् ।

कर्णेल रविन्सनले भने, ‘व्रिगेड अफ गोर्खाज भित्र पहिलो र दोस्रो गोर्खा बटालियनका महत्वपूर्ण कार्यका कारण तेस्रो गोर्खा बटालियन स्थपना भएको
  हो, गोर्खा सैनिकहरुको शिर जहिले पनि उच्च रहिरहने छ भन्ने विश्वासमा म पुर्ण विश्वस्त छु ।’ वियफ वियस गोर्खा रेडियोको ट्रान्समिटर थपेर बेलायत र नेपालको विभिन्न शहर र गाँउहरुमा पु¥याउने उदेश्य रहेको बताउदै बेलायत र नेपालमा रहेका आफन्त परिवार विच गोर्खा रेडियोले झनै नजिक तुल्याउने उनले जिकिर गरेका थिए ।
कार्यक्रमका अन्त्यतिर बटालियनका सवै भन्दा कान्छो सैनिकले माल्यार्पण गर्दै पहिलो गोर्खा बटालियनको तर्फबाट मायाको चिनो स्वरुप चाँदिबाट बनाईएको ‘निशानीमाई’ उपहार दिएका थिए । 

नेपाल सुनसरी धरानमा जन्मिएका कर्णेल जेम्स रविन्सन सन् १९८४ मा बेलायती सैनिक अधिकृतमा चयन भई सातौ ड्यूक अफ एडिनवर्गको आफनै गोर्खा राइफल्समा भर्ति भएका हुन् । उनले पहिलो केहि बर्ष हङकङ, ब्रुनाई, नेपाल र कोरियामा सैनिक सेवा गरेका थिए । ब्रुनाईमा एक कुशल प्रशिक्षक, प्रशिक्षण, एडजुटन्ट र कम्पनी कमाण्डर लगायतका धेरै रेजिमेन्टल नियुक्तिहरुको अविभारा निभाएका थिए ।

सैनिक मुख्यालयको निर्देशन अनुसार रविन्सनले लाईट डिभिजन र द रोयल गोर्खा राइफल्सका निम्ति पेशा व्यवस्थापन अधिकृतका रुपमा र सैनिक सचिव एमएको अनुभब पनि गर्न पाएका थिए ।

लेफ्टिनेन्ट कर्णेल पदोन्नतीकालागि उनलाई ६ महिना इराक,बगदादको मुख्यालय बहुराष्ट्रिय फोर्समा लडाईको रणनीतिक सूचना अपरेशनमा काम गर्न पठाइएको थियो । रविन्सनको काम प्रतिको बफादार र ईमान्दारीताको कदर गर्दै अमेरिकन ‘कास्यपदक’ बाट सम्मानित गरिएको थियो ।

सन् २००५ मे देखि उनले ल्याण्ड वारफेर सेन्टरमा एसओ अधिकृतका रुपमा कनिष्ठ रणनीति र युवा अधिकृतहरुलाई शिक्षा प्रदान गर्ने जिम्मेवारका रुपमा करिब एक बर्ष खटिएका थिए । उत्तर योर्कशायरस्थित बेलायती गोर्खा सैनिक तालिम केन्द्रमा कमाण्डिङ अफिसरको दरबन्दि पश्चात उनि जनरल स्टाफको व्रिफिङ टिम प्रमुखका रुपमा तिन बर्ष भन्दा बढि समय खटिए । बेलायती सैनिक मुख्यालय बोर्डलाई सुझाब दिनकालागि वर्तमान मुद्धाहरुमा विभिन्न युनिट र परिवारहरुको अपडेट गर्न् विश्वव्यापी सेनाको भ्रमण गर्ने अवसर कर्णेल रविन्सनले पाएका थिए । 

सन् २०१२ मा उनि नाटो प्रशिक्षण मिसनको एक हिस्साको रुपमा अफगानिस्तानको राजधानी काबुलमा खटिएका थिए । जसले अफगान राष्ट्रिय सैनिकहरुका संरचना विस्तार गर्न, उपकरण प्राप्त गर्न र नयाँ अफगान राष्ट्रिय सैनिक इकाइहरुलाई यस क्षेत्रमा पु¥याउन मुख्य जिम्मेवारी जस्ता कार्य सम्पादन गर्न पाएका थिए ।

कर्णेल रविन्सनसगँ उत्तरी आयरल्याण्ड, बोस्निया, कोसोभो, सियरालियोन, इराक र अफगानिस्तानको लडाईको अनुभव छ । कर्णेल जेम्स रविन्सन सिविइ विवाहित गोर्खा सैनिक अधिकृत हुन् । उनलाई खेलकुद र बाहिरी गतिविधिहरु ज्यादै रमाइलो लाग्ने उनका हितैसी मित्रले बताए । 
 

प्रतिक्रिया