काठमाडौं, ३ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
नेकपाका नेता साहले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएका हुन् ।प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको साहले जनाएका छन् ।
नेकपाले असोज ५ गते सात वटा प्रदेशका अध्यक्षको जिम्मेवारी तोकेको थियो ।नेकपाका नेता साहले सोही समय प्रदेश २ अध्यक्षको जिम्मेवारी पाएका थिए ।साहलाई जिम्मेवारी दिएकोमा नेकपाका वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
प्रतिक्रिया