घुम्न सबै मेरो देश मैं आऊ :शोभा काफ्ले खतिवडा

इनेप्लिज २०७६ साउन २९ गते २३:४४ मा प्रकाशित

हो गगनचुम्बि महल त
छैनन् मेरो देशमा तर
शिखर झैँ असल मनहरुले
भरिएको छ मेरो देश!

चिल्ला आठ र सोऱ्ह लेनका बाटा छैनन् मेरो

देशमा तर अक्करका भिरमा जोगिएर हिँड्ने

बलिया र बहादुर नेपालीहरु छन मेरो देशमा !!

 

हो डाउन टाउन भन्ने गगन चुम्वि भवनको

एरिया छैन मेरो देशमा तर आकास झैँ विशाल

हृदयले भरिएका असल नेपालीले भरिएका

दुखमा पनि हाँसेर गगन छुने मनका धनि बसेको थुप्रै गाऊँ छ मेरो देशमा !!

 

मानव निर्मित ठुला ठुला झर्ना र नायग्रा फल त

छैनन् मेरो देशमा तर तिम्रै देशको डेविड बेहोस

बनेर हेर्दा झरेको डेबिड फल र विश्व चकित

हुने रारा ,फेवा सहित सैयौँ प्राकृतिक रुपमा

बनेका झर्ना र तालहरुको सौन्दर्य छाल छन मेरो देशमा !!

 

हो समुन्द्र पनि कतै छैनन् मेरो देशमा तर

समुन्द्रमा भन्दा केयौँ गुणा बढी उर्जाको शक्ति

समेटेर बसेका नदी खोलाले बनेको छ मेरो

गौरवमय देश !!

 

हो केही बेरको राजनैतीक अस्थिरताले

विचलित भएको छ नेपालीको

मन तर भटटट स्कुले नाबालक भुट्ने त्राष छैन मेरो देशमा !!

 

तिम्रो देशमा मानव अघिकार जति छ त्यति त

छैन मेरो देशमा तर जम्मा तीनकोटी नेपालीको

यो देशमा अधिकांस नेपाली हृदय हिमाल झैँ

असल छन !!

 

ठुला ठुला भव्य चर्च र मस्जिद त छैनन् मेरो

देशमा तर ईश्वरीय आस्थाको केन्द्र विन्दु

पशुपति ,मुक्तिनाथ र जनक नन्दिनी सीताको

जन्मभूमि छ मेरो देशमा!!

 

हो हिँऊमा खेल खेल्ने सहज हिमाल छैनन् मेरो

देशमा तर विश्वको सर्वोच्च शिखर सगरमाथा

लगायत गगनचुम्वि शिखरका तातीहरु नै छन

मेरो देशमा!!

 

हो पुलिस र प्रसाशनले तैनात देशका

रक्षकहरुले दिएको बन्दुकको नालमा बनेको

शान्ति त छैन मेरो देशमा तर महाँ मानव बुद्धले

तपका बलले खोजेर दिएको शान्ति बोकेर

बसेका लाखौँ नेपालीको शान्त र सुन्दर छाती छ

मेरो देशमा !!

 

हो हामी I Love youमात्र पनि सहज रुपमा

भनि हाल्न त सक्दैनौ तर मायाँले भरिएको

हृदयको भावमा मायाँ नै मायाँ भरेर भने पक्कै

बसेका छौँ !!

 

हो तिम्रा सहरहरुमा झैँ जता ततै पाँच तारे

होटलको सुबिधा त छैन मेरो देशमा तर घर

घरमा आथित्यको र आत्मीयताको ईश्वरीय

सत्कार छ हाम्रो छातीमा !!

 

तर फेरी म मेरा देशका सर्वोच्च सत्तामा बस्ने हरुलाई पनि केही भन्छु

 

हो अथिति देवो भव:को सिद्दान्त बोकेर बसेको

मेरो देश पाहुना अपर्झट आए त ईश्वरीय

सत्कार गर्नु पर्छ भने
हामीले बोलाएर आउने पाहुनाको हरेक

प्रकारको सुबिधाको ख्याल राख्नै पर्छ हामीले !

 

यसैले बिकास र समृद्दिका मार्ग तय गर !
कोही दिनलाई हैन युग खप्ने मार्ग निर्माण गर !
पानी बाटो खान पानको राम्रो ब्यवस्था गर !
मठ मन्दिर धरोहर पाटी पौवाहरु सफा सुन्दर राख !!
पाहुनाको सुख सुविधा र सुरक्षाको प्रवन्ध गर !

सुवा

शोभा काफ्ले खतिवडा

प्रतिक्रिया