अमेरिकामा पारिवारिक रात्री भोज गर्ने चलन घटदो

विजय थापा २०७६ साउन २५ गते १७:१५ मा प्रकाशित

डिसी । आज भन्दा ठिक २० बर्ष अगाडी सम्म अमेरिकन परिवारहरुमा संगै रात्री भोजन खाने निकै चलन रहेको थियो । तर अचेल आएर त्यो स्थिति दिनहु घट्दो अवस्थामा छ । तथापी बालबालिका तथा शिशुहरु हप्तामा ३ पटक या त्यो भन्दा ज्यादा खाने गरेको एक सर्वेक्षण गर्ने प्रतिष्ठानले उल्लेख गरेको छ ।

अब दुई दशक जस्तो अवस्था रहेन । खाना खाने आदत बदलिएको छ । सामाजिक संजालले मानिसलाई दूरी बढाई दिएको छ । अहिले परिवारसंग संगै भात खाने दरमा ३३ प्रतिसतले घटेको छ ।

अमेरिकनहरु अचेल ५०.३ प्रतिसत चमेना गृहमा आफ्नो रकम खर्च गर्छन भने किराना पसलमा ४९.७ प्रतिसत गर्ने गर्छन । अमेरिकाको कोलम्बिया बिश्व बिद्यालयको नेसनल सेन्टर अन एडिक्सन एण्ड एब्युजका अनुसार वास्तवमा संगै परिवार संगै बसेर रात्रिभोज खाने गरेमा मोटो हुन बाट बचिने ,स्वास्थ्यजनक खाने कुरा खान पाइने ,खाना राम्रोको कारण शैक्षिक क्षेत्रमा राम्रो प्रस्तुति गर्ने ,मध्यपान ,लागू ओखति तथा यौन क्रियाकलाप बाट बचिनेको साथै आफ्ना अभिभावक संग सुमधुर सम्बन्ध हुने जनाएको छ ।

आश्चर्यको कुरा के छ भने चमेना गृहमा यसरी शिशु र बालबालिकाका खानेकुराहरुमा पोषक तत्व ९७ प्रतिसत पुरा गर्दैन भनि उल्लेख गरेको छ । अर्को रमाइलो पक्ष के छ भने एक चौथाई भन्दा कम परिवारहरु शाकाहारी खानामा राखिएको हुन्छ । सन् १९७० ताका अमेरिकनहरुले २६ प्रतिसत रकम बाहिर खाने छुट्याउने गर्थे भने सन् २०१० मा आएर त्यो ४१ प्रतिसत पुगेको जनाएको छ ।

यसरी घर बाहिर खाने बानीको कारण मानिस मोटाउने काम दोब्बर भएको छ । व्यस्त पारिवारिक समय तालिकाको कारण ४६ प्रतिसतसंग गरिएको सर्वेक्षणमा पारिवारिक रात्रिभोजमा सरिक हुन असमर्थ भएको जनाएका छन् ।

अमेरिकन जीवन अत्यन्तै व्यस्त रहेता पनि २४ प्रतिसत किशोर/किशोरीहरु पटक पटक परिवार संग रात्री भोजन गर्न चाहेको बताएका छन् ।

अमेरिकामा नेपालीहरुको संख्या अन्दाजी ३ लाख जति अनुमान गरिएको छ । अमेरिकामा नब्बेको दशक देखि बिजगणतिय रुपमा नेपाली जन घनत्व बृद्धि हुदै गएको अवस्थामा हामीलाई पनि यस्को प्रभाव परेको हुनु पर्दछ ।

हामी नेपालीहरुले पनि आफ्ना परिवारसंग  रात्री भोजन गरेमा माथी उल्लेखित लाभलाई ग्रहण गर्न सकेमा राम्रो हुने थियो भन्ने कुराको ध्यानाकर्षण गर्न मात्र यो पंक्तिकारको चाहना रहेको छ । अहिले देखि नै यस्तो सकारात्मक कुराहरु हामी पनि लिने हो कि ?

श्रोत : दिइस्क्रामबल डटकम

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया