अग्रिम बधाई दिदै लामाले लेखे भट्टलाई पत्र ।

प्रेम लामा २०७६ साउन १७ गते १७:५६ मा प्रकाशित

बाग्लुग बलेवा पैयुपाटामा जन्मनु भएका परिवारको सुनौलो भविश्य खोज्दै देशको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट खाडीमुलुक पुगेका हुन । उहाले शुरुमा खाडी मुलुकको चर्को घाममा श्रम बेची जिन्दगिको यात्रामा अनेकौ संघर्ष गर्दै आज सफल ब्यबशायिक हुनुभएको छ ।उहाले आफ्नो निम्ति मात्रै संघर्ष गरीएन कतारमा रोजगारीको शिलशिलामा पुगेका नेपालीहरुको अथाह पिडा र मर्महरुमा मल्हम लगाउन निरन्तर सामाजिक सेवामा अहिले सम्म खटी नै रहेको हामी सामु सर्बबिधित नै छ । उहाँ १९९६ मा कतार पुग्नु भएको रहेछ, हाम्रो भेट सामाजिक सेवा अन्तर्गत नै भएको हो ।

बाग्लुङको समान्य परिवारमा हुर्केका रमेश जि स्कुले जिवन देखी खाडी सम्म मजुदुरहरु प्रति ठुलो सहयोग गर्न समेत पछि परेका छैनन । खाडी मुलुक बसेर दैबिक तथा प्राकृतिक प्रकोपमा परेका नेपाली जनता प्रती होस या बैदेशिक रोजगारमा पुगेर अलपत्र परेका नेपालीयुवाहरुको उद्धार गर्ने क्रममा होस या गाउमा बिपन्न परीवारले उचित शिक्षा अध्यन गर्न सकियोस भन्ने हेतुले शिक्षालय निर्माण गर्न र धार्मिक रुपमा जुनसुकै धर्मालम्बीको मठ मन्दिर तथा मस्जिद निर्माण गर्न आर्थिक, भौतिक तथा नैतिक रुपमा निरन्तर थाक्दै नथाकी लागीरहेका छन ।

कतार देशलाई मिनि नेपाल भनेर परीचित छ । त्यहाको समाजमा सरल र अनुशाशित तथा सामाजिक नेतृत्व तथा सफल ब्यबशायिका रुपमा उहा परिचित ब्यक्ती हुन ।

उहाले गर्नु नेपाली समाजलाई दिनु भएको योगदान तथा नेतृत्वको सन्दर्भमा मैले थाहा भए अनुसार यातयात मजदुर संघ कतारका शाखाका अध्यक्ष, बाग्लुङ सेवा समाजको अध्यक्ष, नेपाली जनप्रगतिशल मंचका अध्यक्ष हुदै गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको २०१७–१९ का कार्यसमिती सदस्य गैरआवासीय नेपाली संघको टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब सम्म उनको समाज प्रति निरन्तर समय दिईरहेका छन ।

गरे के हुदैन भन्ने सकारात्मक सोच भएका ब्यक्ती कतारमा सामाजिक कार्यमा पिडितहरुको लागी आवाज उठाउन पछि भने हट्न जान्दैनन।त्यसैले होला, उहाको अबको यात्रा एनसिसिबाट एनआरएनएको आईसिसि सदस्यमा तत्कालको निम्ति उम्मेदवारीको घोषणा गर्नु भएको छ। मेरो ब्यक्तिगत सुझाव उहालाई त्यतिमा मात्रै हैन एनआरएन आईसिसि अध्यक्ष पनि चलाउन सक्नु हुनेछ ।

हामी एउटै संगठनमा काम गरेका थियौ । कुनै समय त्यस्तो थियन सहयात्रा गर्दाको क्रममा फरक मत राख्दा पनी मुस्कुराउदै तर्क दिनु हुन्थ्यो।

हामि बिच समाज प्रती खेल्नु पर्ने भुमिका सम्बन्धमा मा छलफल हुदा, यसो गरौ प्रेम जि कि कसो भनेर सल्लाह लिनु हुन्थ्यो ब्यक्तिगत रुपमा आफ्नो निर्णय लागू गर्नु हुन्न थियो । सर्बसम्मतीको निर्णय पस्चायत कार्यन्वयनमा लैजानु पर्छ भनेर उहाले जोड गर्नु हुन्थ्यो । कतिपय सन्दर्भमा ,उहालाई म भन्ने गर्थे पुग्यो ब्यबशाय सम्हाल्नुस धेरै टेन्सन नलिनुस भनेर तर जवाफ भने ´सेवा नै धर्म हो ` भन्नु हुन्थ्यो अझै धेरै गर्नु छ, अनि कारण सोध्थे प्रेम जि यो मरुभुमिमा जसरी मैले पहिला पाइला टेक्दा दुख पाएको थियो। मैले पाएको दुख हाम्रो नेपाली युवाहरुले नपाउन त्यतिबेलाको समय र अहिलेको समय निकै परीबर्तन भए पनि नेपाली जनता अझै गरिबी, अशिक्षित , दलदलको भुमरी बाट निस्कन सकेको छैन त्यसैले त यो क्रम निरन्तर जारी राख्नु पर्छ हामी लागि पर्नु पर्छ भनेर सम्झाउनु हुन्थ्यो ।

प्रीय मित्र रमेश सर आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिबेशनमा तपाइले पनि कतारबाट आईसिसि सदस्यमा उम्मेदवारी दिनु भएको रहेछ म अत्यन्तै गौरवान्बित छु ।

कतारको एक कार्यक्रम विच तपाइले उम्मेदवारी दर्ता गराउनु भएको खबर पाए र तपाइको आगामी लक्ष्य बारे मैले सर्सर्ती अध्यन गरे “हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्या्दित वैदेशिक रोजगारीको विषयमा रहने गरेको र यस विषयमा हाल सम्मका प्रयासले उपलब्धिहरु प्राप्त भए पनि प्रयाप्त छैनन् त्यसैले मैले आकाङ्क्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख लक्ष्य सहित अगाडी झन शसक्त यात्रा तय गर्नु भएको रहेछ म तपाइको यी लक्ष्य प्रती सलुट गर्दै आगामी कार्यकालको लागि सर्बसम्मतले चयन गर्नेछ तर लक्ष्य प्राप्तीको निम्ती संघर्षका बिकराल पहाडहरु आउन सक्छ बिश्वास छ ।

तपाईं ती बिकराल पहाडहरु पार गर्दै सफलताको शिखर चढ्न सक्षम हुनुहुन्छ । तपाइलाई अग्रिम बधाई तथा हार्दिक शुभकामना छ भौगोलिक दुरीमा हाम्रो भौतिक शरीर भए पनि यो मन मुटु र हाम्रो साथ सदैब नजिक छ रहिरहने छ भन्दै फेरीपनी अन्तमा: “सपना के लिनु उडी छुनु एक चन्द्रमा ” भन्ने उक्ति याद आयो अझ अग्रपंक्तिमा पुग्न सफल हुनेछ यात्रा निरन्तर जारी राख्नुस मेरो ब्यक्तिगत शुभकामना तथा फेरि फेरि हार्दिक बधाई दिन चाहान्छु । धन्यबाद

प्रतिक्रिया