लेक्जिन्टनमा फेरी सुरु भयो नेपाली भाषा कक्षा

अर्जुन थापा २०७६ असार २२ गते २३:२९ मा प्रकाशित

आज दिनुसो २ बजे लेक्जिन्टन पब्लिक लाइब्रेरी पुग्दा डमरु सर र निशा म्यामले साना साना बालबालिकाहरुलाई नेपाली भाषा पढाई रहनु भएको थियो | बिदेसिएका हामी नेपालीहरुलाई यो एउटा अत्यन्तै उत्साहजनक कार्य हो | उक्त कक्षामा ५० जना बिधार्थीहरुको उत्साहजनक उपस्थित थियो | प्रत्येक शनिवार दिउसो १:३० बजे देखि ३:३० बजे सम्म कक्षा संचालन हुदोरहेछ | ए न के ए (ANKA) अन्तर्गत गठित नेपाली भाषा समितिको पहलमा यो कार्यक्रम संचालन भएको पाइयो | जुन कार्यक्रममा साना साना भाई बहिनीहरुलाई नेपाली कला भाषा संस्कृति नेपाली बोलाइ नेपाली लेखाई सम्बन्धि राम्रो ज्ञान दिइने रहेछ र उक्त कार्यक्रममा आभिभावकहरुले पनि उत्साहका साथ आफ्ना छोरा छोरी ल्याएको देखियो | नेपाली हामी जहाँ रहे पनि नेपाली कला भाषा संस्कृति प्रतिको यो मोह देख्दा नेपालमै रहेको अनुभव गर्न सकिन्थ्यो | यहाँ लगातार नेपाली भाषा कक्षा संचालन गरेको यो तेस्रो बर्ष हो | दुइ सस्थाहरु एक भएर बनेको ए न के ए ले संचालन गरेको भने यो पहिलो कक्षा हो |

हालका ए न के ए (ANKA) का अधक्ष्य लक्ष्मी खड्काले सस्थाले गर्ने अरु विभिन्न किसिमका सामाजिक कार्यहरु लगायत यो नेपाली भाषा संस्कृति सम्बन्धि कक्षा पनि एक हो र संस्थाले यस भाषा कक्षालाइ अझ प्रभावकारी बनाउन र नेपाली भाषा संस्कृति सिकाई सम्बन्धि कार्यक्रमलाइ अझ ब्यबस्थित गर्दै लैजाने बताउनु भयो | नेपाली भाषा कक्षालाइ अझ ब्यबस्थित बनाउन स्थानीय बिद्यालय संग सहकार्यको कुरा भैरहेको पनि हामीलाई जानकारी दिनु भयो |नेपाली भाषा कक्षा संचालन समितिका संयोजक डमरु पौडेलले नेपाली भाषा नेपाली नानी बाबुहरुले राम्ररी बोल्न लेख्न र बुझ्न सकुन भन्ने सबै आभिभावकहरुको चाहनालाइ बुझेर निस्वार्थ सामाजिक योगदान दिदै आएको बताउनु भयो र यस्मा सबै अभिभावकहरुको साथ समर्थन र सहयोग रहेको पनि जानकारी गराउनु भयो र सोहि किसिमको सहयोगको आशा राखेको पनि बताउनु भयो |

त्यस्तै स्वयंसेवक गरि रहनु भएका रियल्टर निशा जोशीले पनि आफुले निस्वार्थ सेवा गरेको दोश्रो बर्ष भएको र यो बर्ष अभिभावकको अझ धेरै सहयोग र साथ रहेको बताउनु भयो | त्यस्तै उक्त कक्षा संचालनमा कलेज पढ्दै गरेका भाई बहिनीहरुले पनि स्वयंसेवकको रुपमा खटिएको देखियो | नेपाली कक्षा अझ ब्यबथित र बलियो बन्दै जाओस यस्मा हामी सम्पूर्ण लेक्जिन्टनबासीहरुको पूर्ण साथ सहयोग र समर्थन रहने छ | नेपाली भाषा कला संस्कृतिलाइ मर्न नदिन हामी सबैको होष्टे मा हैसे गर्न तयार छौ | तलको लिंकमा लेक्जिन्टनमा संचालित नेपाली भाषा कक्षाको बारेमा भिडियो राखिएको छ उक्त भिडियो हेरेर थप जानकारी लिन सक्नु हुने छ | जय नेपाली जय नेपाल

प्रतिक्रिया