शनिवार हिमालयन लायन्स क्लबको पदस्थापन हुने

इनेप्लिज २०७६ असार १३ गते ३:२५ मा प्रकाशित

समाचारदाता

सन् २०१० मा बोस्टनमा नेपालीहरूको संग्लग्नतामा स्थापित हिमालयन लायन्स क्लबले शनिबार नयाँ पदाधिकारीहरूको पदस्थापन गर्ने भएको छ | बोस्टनको नेपाली समुदाय बीच निकै लोकप्रिय यस क्लबलाई नयाँ अध्यक्ष पेशल रेग्मीले दुई बर्षका लागि नेतृत्व गर्ने भएका छन् | क्लबको स्थापना कालदेखि संलग्न रेग्मी छैठौ अध्यक्ष हुन् |

यसैगरि सस्थापक सदस्यदेखि सदस्य सचिव, तृतीय उपाध्यक्ष र द्वितीय उपाध्यक्ष पद सम्हाली सकेका साहित्यकार गोवर्धन पूजा प्रथम उपाध्यक्ष हुने भएका छन् भने साहित्यकार सुशील नेपाल दितीय उपाध्यक्ष हुने भएका छन् |

क्लबमा सचिव तथा कोषध्यक्षमा थानीरत्न कंडेलले दोश्रो कार्यकाल सम्हाल्ने छन् भने सदस्य सचिबमा बिनोद उप्रेती,र क्लव सर्भिस चेयर पर्संनमा राम धिताल रहने छन् क्लवमा अन्य पदमा महेश्वर पन्त, बिनोद सुवेदी , दीपक पुरी, अन्जु थापा, दीपक पुरी, मान्ती साह रहने छन् | लायन्स क्लब इन्टर नेसनल ३३ के म्यासाचुसेट्सका गभर्नर डेबी हायसले नयाँ कार्यसमितिलाई पद हस्तान्तरणगर्दै सम्बोधन गर्ने उक्त कार्यक्रममा नेपाली तथा बिदेशी लायन्सको प्रतिनिधित्व रहने आपेक्षा आयोजकले गरेका छन् | हिमालयन बिस्तो नेपाली रेस्टुरामा हुने उक्त कार्यक्रम रात्रीभोज र सांगीतिक कार्यक्रममका बीच हुने आयोजकले बताएका छन् |

प्रतिक्रिया