अमेरिकामा बेरोजगार भन्दा रोजगारी धेरै

यादवराज जोशी २०७६ जेठ २५ गते ०:३४ मा प्रकाशित

यादव राज जोशी

अमेरिकी श्रम बजार संकटको घडीमा प्रवेश गरेको छ । यहाँ बेरोजगारभन्दा रिक्त पद धेरै रहेको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयका अनुसार, श्रम बजारमा ६७ लाख रोजगारी छ भने त्यसलाई पूरा गर्न केवल ६४ लाख मानिस उपलव्ध छन । अमेरिकामा विगत दुई वर्षमा बेरोजगारको संख्यामा उलेख्य कमी आएपछि यस्तो स्थिती सिर्जना भएको हो । सन् २०१९ को मे महिनामा अमेरिकी बेरोजगारी दर विगत ४९ वर्षकै कम थियो ।

श्रमबजारमा श्रमिकको कमी भएपनि श्रम मूल्य नबढेको, रिक्त पद र श्रमीकको योग्यता नमिलेको जस्ता कारणले ६७ लाख पद पुरा हुन नसकेको सिएनबिसी न्यूजले जनाएको छ । विगत दुई वर्षका श्रममूल्य केवल २.७ प्रतिसतले बढेको छ ।

श्रम बजारमा बेरोजगारको संख्या घटे झै रिक्त पद पनि निरन्तर बढीरहेकोले श्रम बजार कठीन मोडमा पुगेको देखिएको छ । गत मार्चको तुलनामा मेमा रिक्त पदको संख्या ६५ हजारले बढेको छ । सन् २००० पछि पहिलोपटक बेरोजगारको संख्याभन्दा रिक्त पदको संख्या बढी भएको हो ।

साधारणतया बेरोजगारभन्दा रिक्त पद बढी भएप्छि श्रम मूल्य बढने हो तर श्रम मूल्यमा उक्त परिवर्तन आएको छैन । अप्रिलको तुलनामा मे महिनामा श्रम मूल्य केवल २.७ प्रतिसतको दशभागको एक भाग मात्र बढेको छ ।

अमेरिकी रोजगारदाताले श्रम बजारमा खोजेको सीप भएका मान्छे उपलव्ध नभएकोले धेरै पद रिक्त रहेको बताएका छन् । अमेरिकामा तल्लो स्तरको काम गर्ने कामदारको सधै अभाव छ ।

श्रम बजारमा रिक्त दस बढी भएपछि मानिसले बढी श्रम मूल्यका लागि काम छाडने र नयाँ काम खोज्ने दर बढेको छ । यो दर गत अप्रिलमा २.३ प्रतिसत थियो । सन् २००५ मा यस्तै अवस्थामा केवल २.१ प्रतिसतले पुरानो काम छाडेर नयाँ काम खोज्ने गरेका थिए । अमेरिकी श्रम बजारमा १.३ प्रतिसतले पुरानो काम छाडेर नयाँ काम खोज्नु सामान्य हो तर अहिले यो दर सामान्यभन्दा एक प्रतिसतले बढेको छ ।

श्रम बजारको यो अवस्थाले कठीन परिवेसको संकेत गरेको विज्ञहरु बताउछन् । यो स्थिती अझ भयावह हुन सक्छ, अनलाईन जब पोर्टल जीपरिक्रुटरका वरिष्ठ अर्थशास्त्री क्याथी बरेराले भने, यदी रोजगारदाताले ६७ लाख कामदार भर्ना गर्न चाहने हो भने तिनले तलब बढाउनु पर्छ वा अन्य चलाखीपूर्ण काम गर्नु पर्छ । ति चलाखीपूर्णकाम के हुन भनेर उनले खुलाएनन ।

अमेरिकी श्रम बजारभन्दा बाहिरको जनसंख्या विगत १० वर्षमा २१ प्रतिसतले बढेर नौ करोड ५९ लाख पुगेको छ ।

स्रोतः सिएनबिसी न्यूज र एजेन्सीहरु

तस्वीरः गुगल खोज

प्रतिक्रिया