कोहि छैन पराइ

सुनिता बस्नेत २०७६ जेठ २४ गते २३:५३ मा प्रकाशित

शीरमा सेतो हिमाल पहिरेकि
बान्की परेको पहाडी वदन तिम्रो
तराइमा पलेटी कसेकि
प्रक्रितिले सिंगारेको मुहार तिम्रो

चार जात, छत्तिस बर्ण, धेरै भाषा भाषी
सबै मिलि बसेकै थियौं साथै हाँसी हाँसी
कस्ले आगो सल्काइदियो हाम्रो प्यारो घरमा
भाइले भाइ मार्न थाले माटो पाउने लोभमा

न त जात, न त धर्म,न त पहाड तराइ
मायाको आँखा खोलिदेउ कोहि छैन पराइ
एक्लै आयौं यो संसारमा जान पर्छ एक्लै
कसैले पनि लाने छैन जात धर्मसंगै

 

सुनिता बस्नेत

गीतकार तथा साहित्यकार

प्रतिक्रिया