बेसाहारा अनि बेवारिसेमै समर्पित बिनयको सार्थक जीवन

सन्दीप खत्री २०७६ जेठ १५ गते २२:०५ मा प्रकाशित

कहाँ हिडेका उनी कहाँ पुगेर ठोकिए ? तर पश्चपात छैन उनलाई हिजो हिडोको बाटोप्रति । कुनै गुनासो छैन विगतप्रति ।
छ त बर्तमान र भविष्यको चिन्ता । हिजो रक्सीको नशामा डुबेर बर्बाद भएका समाजसेवी विनयजंग बस्नेत आज आवादीको बाटोमा छन् । उनी आफू त आवदी भए नै अरुलाई पनि आवादीको बाटोमा हिडाउदैछन् ।

अर्थात पूराना दिनमा आफैं नशामा डुबेका उनी आज अरुलाई दुव्र्यसनमुक्त बनाउँदैछन् । एक्सन फर सोसल चेन्ज संस्था खोलेर यो बीचमा झण्डै सयौं युवाहरुलाई दुव्र्यसनमुक्त बनाएका छन् । र संस्था खोलेको तीन बर्ष पूरा नहुँदै झण्डै १ सय ८० भन्दा बढी लाशहरु जलाइसकेका छन् ।

र बनाउदैछन् ललितपुरको लामाटारमा बृद्धबृद्धाहरुलाई राख्ने आश्रम बा आमा घर । जहाँ २० वेवारिसे बुवा आमा अट्नेछन् ।

आश्रम बन्दैछ । तर नेपाली समाज आश गर्नु भर नपर्नु भनेझैं । अघिल्लो बर्ष बुवाको मुख हेर्ने दिन आश्रम उद्घाटन गर्न पुगेका समाजका विशिष्ठ व्यक्तिहरुले विनयजी केही परे आउनु हामी सहयोग गर्छाै भन्ने उधारो आश्वासन त देखाए ।

तर जतिखेर विनयष्जंग बस्नेतका लागि उनीहरुको सहयोगी हातको खाँचो थियो । फोन गर्दा उनीहरुको फोन उठेन,म्यासेज गरे । रिप्लाई आएन । त न कार्यकक्षमै पुग्दा ती विशिष्ठ व्यक्तिहरु नै भेटिए कार्यकक्षमा ।

उधारो आश्वासनकै पछाडि उनी दौडिन छाडे । वाक्क दिक्क भए पछि फेरि गुहार्न थाले केही मनकारी । फेरि पुगे उही सहकारी ।

चर्काे व्याजदरमा ऋण लिए । र थप्दैछन् आश्रममा इट्टामाथि इट्टा । र पूरा हुने चरणमा छ आश्रम । यो बीचमा ऋण लिएका साहुहरुको धम्की आउँछ । घुर्की आउँछ । तर विचलित छैनन् उनी ।

संस्था स्थापना भएको यो तीन वर्षको अवधीमा एक सय ८६ वटा शव जलाइसके। बेवारिसे शव जलाउन गोदावारी घाट, शंखमुल, हनुमान घाट र पशुपतिमा लैजान्छन्। त्यसमध्य पनि सबैभन्दा धेरै पशुपतिमा नै दाहसंस्कार गरेका छन्। एउटै लाश पोल्न मात्र दश हजार खर्च हुन्छ । यो खर्च उनले आफ्नो घर जग्गा बैंकमा राखेर ऋण लिएको छन् । र थपिदैंछ ऋण माथि ऋणको भारी ।
तर विचलित छैनन् विनय भन्छन् ऋण लागोस त दिन नलगोस ।

हिजोको वेवारिसे विनयको आज दैनिकी फेरिएको छ । हिजो–आज त सडकमा बेवारिसे लास भेटिएपछि स्थानीय,प्रहरी,अस्पतालहरुले सिधै विनयलाई खबर गर्न थालेका छन् ।

अहिले पनि उनको रिलायबल फाइनान्समा अहिले पनि ऋण तिर्नु विनयले ५ लाख रुपैयाँ । बालकोटको सहकारीबाट पनि ऋण लिएका छन ्। व्यक्तिगत रुपमा ख्ण दिनेहरु पनि छन् । उनीहरु बारम्बार ताकेता गर्छन । यो बाहेक अरुसँग सहयोग मागेका छैनन्, छिट्फुट केही मनकारीबाट आउने सहयोग बाहेक । ऋृणमा चलेको छ विनयजंग बस्नेतको जिन्दगी । तै पनि भन्छन् मागेर समाजसेवी बन्दिन, बरु घर जग्गा बैंकमा राख्छु ।

प्रतिक्रिया