मेरिल्याण्डमा एएपीआई हेरिटेज महिनाको उपलक्ष्यमा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिने

विजय थापा २०७६ जेठ १२ गते १०:२० मा प्रकाशित

न्यू योर्क ।मेरिल्याण्ड व्यवस्थापिका एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएपीआई )को आयोजनामा हेरिटेज(परम्परा )महिनाको उपलक्ष्यमा अमेरिकामा रहेका नेपाली अमेरिकनहरुलाई सम्मानित गरिने भएको छ ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई अमेरिकामा आएर मूलधारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम हो ।

उक्त जानकारी मेरिल्याण्ड व्यवस्थापिका एसियन अमेरिकन एण्ड प्यासिफिक आइसल्याण्डर्स ककस मेरिल्याण्ड बिधान सभा सदस्य माननीय ह्यारी भण्डारीको कार्यालयका प्रमुख कर्मचारी सिएन मुलेनले जनाएका छन् ।

मेरिल्याण्ड लेजीसलेटीव एसियन अमेरिकन एण्ड प्यासिफिक आइसल्याण्डडर्स ककस जस्को सदस्य हुन् सिनेटर तथा संसद हुनु पर्छ । सम्मानित साँझ समारोह आगामी मे २६ का दिन आइतबार साँझ ५ बजे मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा हुने छ । समारोहमा डेमोक्रेटिक दलका सिनेटर ,स्थानीय नेता,डेमोक्रेटिक दलका प्रतिनिधि ,नेपाली समुदायका प्रतिनिधि लगायत अन्य नेताहरुको उपस्थिति रहने छ ।

गत हप्ता बाल्टिमोरमा डेमोक्रेटिक पार्टीका लागि यूवा समितिका पूर्व सचिव तथा डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य तथा बिधान सभा सदस्य माननीय ह्यारी भण्डारीको पहलमा आयोजना गरिएको कोष वृद्धि कार्यक्रममा मेरिल्याण्डका समाज सेवी डा श्याम कार्की तथा सामाजिक अभियन्ता अर्जुन हमाललाई एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएपीआई )ले केन्द्रिय पार्सदमा नियुक्त गरेको थियो ।

आगामी मे २६ मा हुने सम्मान कार्यक्रममा हरेक राज्यमा रहेका नेपाली मूलका व्यक्तित्वहरु लाई सम्मानित गरिने हुनाले उक्त कार्यक्रममा ठूलो उपस्थिति हुने भएको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया