युएनए सम्मेलनको उद्घाटन समारोहमा भब्य झाँकी प्रदर्शन हुने

विजय थापा २०७६ जेठ ८ गते २२:२० मा प्रकाशित

बिश्व कै सम्राट राज्य न्यू योर्कमा आगामी मे २५ र २६ तारिखमा हुने युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलनको पहिलो दिन झाँकी प्रदर्शन समेत हुने भएको छ ।

मे २५ तारिख बिहान १० बजे देखि सुरु हुने उक्त कार्यक्रममा सबैलाई आयोजकले चूलो निम्तो दिएका छन् । उक्त सम्मेलनको लागि अस्ट्रेलियाबाट घले दम्पत्ति ,अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ,गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका उपाध्यक्ष कुमार पन्त ले पनि सहभागिता जनाउने भएका छन् ।

युएनएका संस्थापक पासांग लामा टेक्सस बाट न्यू योर्क आई सकेका छन् भने नेपाल सरकारका बाणिज्यदुत एसी शेर्पा ,टेक्सस बाट गौरी राज जोशी तथा न्यु योर्क शहरका लागि परिषद सदस्य कोस्टा कंस्टयाटिनिडिस को पनि सहभागिता हुने छ ।

दुई दिने सम्मेलनमा सहभागी हुन् केवल $ १० डलर मात्र दर्ता शुल्क राखिएको छ भने उक्त १० डलरले बालबालिकाको प्रतिभा प्रतियोगिता,विभिन्न मन्च ,अडिसन (स्वर परीक्षा )कार्यक्रममा सहभागी हुन् पाइने छ ।

युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) संस्थापक पासांग लामा तथा मुख्य संयोजक सोनाम लामाले सम्मेलनलाइ सफलता बनाउनसबैलाई सहभागी हुन् आग्रह ईनेप्लिज मार्फत गरेका छन् । सम्मेलनमा बिभिन्न खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित बिबिध कार्यक्रम हुने छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया