मेरो देश मेरो सरकार

सुशिल निरौला ,अमेरिका २०७६ जेठ ३ गते १०:२७ मा प्रकाशित

मेरो सरकार ! तेरो सरकार !
फिजुलको बहसमा तातेको छ,
मेरो देश !
अनी मेरो देशका नेता र बुध्दिजीवी !
राजतन्रको धङधङतिमा बाझेको छ,
मेरो देश !
अनि बिरोधीलाई तुच्छ शब्दमा गाली,
गर्दैछ मेरो देश !
बिपनामा पुरा हुनै नसक्ने सपना,
बाड्दैछ मेरो देश !
जनता बेचेर राज्य सत्ता,
चलाउँदै छ मेरो देश !
सपना मैले पनि स्वदेश फर्कने,
नदेखेको होईन मेरो देश !
तर यो पनि पुरा हुने छाँट,
देखाउँदैन मेरो देश !
जेल नेल र ईतिहाँसले चल्दैन,
आजको मेरो देश !
आर्दशले फर्कदैन प्रबासी,
यति बुझिदिए हुन्छ मेरो देश !
सम्मान र सुशासन मात्र पनि,
दिए पुग्छ मेरो देश !
फिजुलको बहसमा जनतालाई,
दिग्भ्रमित नगरिदिए मात्र पुग्छ मेरो देश !
दोषी व्यवस्था र शासक होईन,
मेरो देश !
सोच र नियत मात्र राम्रो भए,
मलाई पुग्छ मेरो देश !
त्यसैले,
बहस निरर्थक सपना र ,
मेरो सरकारमा नगरौं मेरो देश !
बहस त जनतालाई स्वदेश मै रोक्न,
र प्रवासीएकालाई फर्काउन गरौं मेरो देश !

प्रतिक्रिया