मंगलबार, जेठ ७ २०७६
काठमाडौं ०१:११
वासिङटन डिसी 15:26

दिवाकरबाजेको पुर्पुरो ।

सुशील नेपाल २०७६ वैशाख ३१ गते १०:१३ मा प्रकाशित

सुशील नेपाल ,

आज दिवाकर वाजेको मृत्यु भयो । यो वृद्घाश्रममा सरेको धेरै भएको थियो धेरै वांचेर,वुढो हुनुको यथार्थ र छोराछोरीको व्यवहारिक वाध्यता ले उब्जेको परिस्थितिको तितो अनुभव भएका ,हात गोडामा शक्ति कम भए पनि टाठा यी वाजेको अचम्मको जीन्दगी रहेछ ।

मान्छे सवैथोक हुंदा हुंदै पनि एक्लिन्छ,पाखुरा वलियो हुन्जेल कसैलाई हेक्का हुंदैन,हेक्का राखेर पनि साघ्ये छैन ।भन्नेले धेरै पछाडिको सोच्यो भनें वहूलाईन्छ,त्यसै भनेका होईनन् ।आज दिवाकरवाजे र उन्को जीवनको एऊटा दुखलाग्दो कथाको पाटो खुल्दा सुखलाई कसरी परिभाषित गर्ने होला जस्तो लाग्छ ।कहिले काही चिरंजिवी भएस भनेर आशिष दिनु पनि राम्रो नहुने पो देखियो ।

पृथ्वीको कुनै भूभागमा दधिरामपूर भन्ने एऊटा शहरको कथा हो ।अत्यन्तै सोझा, ईमान्दार र मेहनती थिए दिवाकर वाजे । विहान ४ बजे ऊठेर साधारण व्यायाम गरि ९ बजे सम्म मंदीर घुमेर आई एऊटा कुनोमा वसेर लेखपढ गर्न थाल्थे ।३ भाई छोरा र एक वैनी छोरी रहेछन ।

पूर्खेली सम्पति साधाहरण नेपालीको भन्दा खासै फरक थिएन ।सकुन्ज्याल त वुढाले एक्लै घर व्यवहार चलाएका थिए । सवथोक राम्रै थियो । साधाहरण पारिवारिक पेशा रहेछ, आफै आफै मिलेर पालो दिंदा रहेछन ।

समाज तै न हो अग्रेजी स्कूलमा पढाऊनु पर्ने प्रतिस्पर्धि समाज। हुनत केटाकेटीलाई साधारणस्कूलमा पढन पठायो भनें, मास्टरकै पढाई कच्चा हुन्थ्यो,उस्ले के नै पढाऊथ्यो खै,।

दोष कसैको होईन सामाजिक ढर्राको हो ।

वाजेको एऊटा नराम्रो वानी थियो । सपना देख्थे,। मेरो छोरा यो जस्तो भए हुन्थ्यो , मेरी छोरी ऊ जस्तो भए हुन्थो भनी रहदां रैछन ।

कक्षा वढदै गयो, फीस पनि वढदै गयो. फीस तिर्न गाह्रो भए पछि साधारण ठेक्का पट्टा गर्न थालेछन ।एनकेन प्रकारेण केटाकेटीको स्कूल सकियो ।अव अगाडि पनि पढाऊनु पर्ने भो, सवै ठाऊमा विदेशको जस्तो आफै कमाएर पढने चलन हुंदैन ।सकेसम्म गरेका रैछन वुढाले वरा छोराछोरीलाई ।उन्कोआफ्नो पालो चैं कहिले आएन छ।

लुगा फाटोको शौख थिएन,खानपीनमा कुनै विशेष परिकार चाहिंदैनथ्यो यीन्लाई ,तर केटाकेटीको फिसै तिर्दा तिर्दै आफ्नो पालो नै आएन छ।

३ वटा छोरा र एऊटी छोरीको पढाई पनि वडो मुश्कीलले पुरा भयो ।

यसै विच सपना देख्ने वाजेले अव त दिन फर्कियो भनेर दंग परे,।

गांऊका साथीहरू सवै कोही अमेरीको कोही जर्मनी, कोही अष्ट्रेलिया, क्यानडा गएको खवर ठूलो छोराले दिनहूं सुनाऊंथ्यो ।माईलो र साईलोको पनि ऊमेरमा धेरै फरक थिएन । ५ वर्ष कान्छी छोरी पनि संग संगै जस्तो हुर्केकी थिई ।

दिवाकर वाजेले मन लागेर पढुन भनेर हौसाउन सपना देखाउथे,छोरा छोरी पनि रंगीन सपना वुनेर आफूहरू पनि विदेश गएर राम्रो काम पनि गर्ने पढने पनि भनेर कुरा गर्न थाले ,।

केटाकेटीलाई पढाऊंदा पढाऊंदा टाट पल्टेका वुढासंग अव पैतिक सम्पति धितो राखेर पैसा ऋण काडनुको कुनै विकल्प थिएन,

पछाडि पट्टीको करेसावारी धितो राखेर ठूलो छोरालाई अमेरीका पठाए,छोरोले राम्रो गरेछ,मेहनत गरेर पढेछ, पैसा घर पनि पठाऊन थाल्यो,वाजे र वज्जै दंग थिए १/२ वर्षमा सवै ऋण पनि तिरिएछ, ठूलोले माईलोलाई अष्ट्रेलिया जान खर्च पठायो , ऊस्को ऊतै राम्रो भो , साईलो क्यानडा गयो , छोरीलाई पनि दाजु चैं ले झिकाएर अमेरीका गई ।

सवै जाना विदेश गए भनेर वाजे वुढावुढी दंग थिए । साच्चिनै दिन फर्कियो ।घर धनधान्यले परिपूर्ण भयो ।

समाजमा वाजे र वज्जैको प्रतिष्ठा हल्लक्क वढेको थियो ।सवै समाज, नातागोता, आफन्तका अगाडि आर्थिक र सामाजिक हैसियत एकदमै वढेर गयो ।

दिन वित्दै गयो ।

१/२ बर्षमा ठूलो छोराले गुगल भन्ने कम्पनीमा काम पाएछ, लाखौं लाख कमाऊन थालेछ ।

माईलोले अष्ट्रेलियामा कलेजै खोलेछ,साईलोले क्यानडामा रियलस्टेटको काम गर्ने भएछ,।अव वाजेलाई छोई नसक्नु भयो ।

समय त समय न हो वगी हाल्छ, ठूलो छोराले बाजे वुढावुढीलाई अमेरीका झिकाएर आफ्नो विवाह एऊटा टर्किकी आफूसंगै सहकर्मीसंग विवाह गराई माग्यो । वाजेलाई मन त परेको थिएन, तै पनि जमाना अनुसारको चलन भनेर चूप लागे ।

माईलोले पनि ऊस्तै गरेछ,एऊटी चाईनिज केटीसंग विहा गरेछ,केटी झट्ट हेर्दा राम्रै थिई, वज्जैले चित्त दुखाऊंदा “जान देऊ, केही नभन छोरा त आफ्नै हो नि “ भनेर फकाए छन ।

कान्छोलाई चैं धेरै फकाएर, विन्ति भाऊ गरेर नेपाली केटीसंगै विवाह गराएछन ।

दिन वित्यो महिना वित्यो वर्ष विते ।

समयम धेरै परिवर्तन आयो । सवैको हात हातमा ऎना हेरे जस्तै गरि फोन खेलाऊन थाले ।

नयां नयां प्रविधिको विकास भयो ।

छोरीले पनि सुटुक्क कसैलाई थाहै नदिई एऊटसंग हिंडिछ, दाजुहरू रिसाए पछि सम्पर्क मै वस्न छाडी छ ।

वाजे छोराहरूवाट सन्तोष छदैंछ भनेर दंग थिए ।

कहिले कसैले अमेरीका झिकाऊथ्यो , कसैले अस्ट्रेलिया त कसैले क्यानडा ।

छोराहरूले दधिरामपूरमा महलै खडा गरि दिए ।

एऊटा दशैंमा छोराहरू जम्मा भएर यावत व्यवस्था गरिदिएका थिए, दुखका दिन मजाले गयो ।

जेठोको वढुवा भयो धनको कुनै कमि भएन ।

यसै विच वज्जैले छोरालाई दशैंमा सवै जाना जम्मा भएको वेला एऊटा वृद्धाश्रम वनाऊने मन गरिन ।

छोराहरूको लागि यो कुनै ठूलो कुरो थिएन । करौंडो खर्च गरेर आश्रम वनाईयो ।

दिन विते महिना विते । दिवाकरवाजे र वजैले संसार घुमें । समाजमा सवैले वाह वाह गर्न थाले ।

अरूको केटाकेटीले झपराई खान थाले -“ हेर त दिवाकर वाजेका छोराहरूले गरेको ?तिमीहरू खै ? भन्दै अरू केटाकेटीलाई दवाव दिन्थे सवैले । अरूको छोराछोरीमा अलिकति हीनताको वोध पनि हुन थाल्यो ।

समयले पर्खेन ।

वाजेको सम्पूर्ण चाहाना पुरा भयो ।

छोराहरूको आफ्नै व्यवहारको चटारो भयो तिन्का छोराछोरी भए, नेपाली नजान्ने गरि हुर्के ।

एवं विदेशीएका छोरा,छोरीसंग वाजेको सम्पर्क पनि धेरै नै पातलियो ।

यसै वीच वज्जै खसीन । रूवावासी भो । छोराहरूमा कान्छो मात्र आऊन सक्यो अरूले नून मात्र वारेम् भनेर विदेशै वसे ।

एक दुई महिना वसेर छोरो फर्कियो ।

छोरी त सम्पर्कविहीन भएर कता हराई कता । आफै हिंडेकी थिई लाजले कसैसंग भेटै गरिन छ ।

वज्जै खसेर छोरो फर्के पछि त्यही घरले नै टोक्न थाल्यो ।

विसाल घरको एऊटा कुनामा वुढा एक्लै लडेका थिए ।

जमाना यस्तो आयो कि काम गर्ने मान्छे नै भेटिन छाड्यो ।

एक गीलास पानी पनि सार्न् गाह्रो हुन थाल्यो ।ऊमेर बढ़ेको वढै भयो ।

छोरा छोरी विदेशैमा भास्सिए।

सवथोक भएर पनि केही नभए पछि लठ्ठी टेकन पनि नसक्ने भए पछि कसो कसो वाज्जे वज्जैले आफ्नैसहयोग गरेर व्यवस्था गरिदिएको वृद्धाश्रमका कर्मचारीहरूले थाहा पाएर विजोक देखेर सुद्दी हराएका वाजेलाई ऊनैले खोलेको वृद्धाश्रममा लगेर राखे ।

दिवाकरवाजेसंग सम्वाद गर्दा कुरा पनि प्रष्ट नवुझिने भयो ।

प्राण जांदैन के गर्नु ल । एकदुई जाना कर्मचारीहरू वरू मरेर गए तर वाजे मरेनन् ।

कस्ले के गर्ने कसैको केही लागेन, अजम्वरी दिवाकरवाजेको पूर्पूरोमा त्यस्तो पो लेखेको रैछ !

५/३/१९

राजमित्र प्रांगण

माल्डेन, वोस्टन

अमेरीका ।

प्रतिक्रिया