होमपेज
समाचार
प्रवास
मनोरञ्जन
खेलकुद
विचार
साहित्य
अन्तर्वार्ता
स्वास्थ्य चासो
भिडियो
ENGLISH
कोमल गजल:-
इनेप्लिज
२०७६ वैशाख २७ गते ११:१७ मा प्रकाशित
विरह भो प्रवास
न छ खुसी न आस
सुलभ छैन केही
न त कहीं छ खास
सयथरी छ पीडा
नयन छन् उदास
जटिलता छ धेरै
अमन छैन पास
जिउन रैछ गाह्रो
अधमरो छ सास
स्वर हुँदैछ रूखो
मृत भयो मिठास
विरुत देख्छु धर्ती
छ विरुतै अकास
हरघडी छ चिन्ता
सुखद भो खलास
गति रहेन तेजी
कटिसकेँ पचास
निलिसके व्यथाले
पलपलै छ त्रास
प्रिय छ देश आफ्नै
छ फिरिने प्रयास
III SIS S
छन्द – हिउँचुली
(विश्राम – ४ मा)
– कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,
काठमाडौँ
हाल:- न्युयोर्क
प्रतिक्रिया
सम्बन्धित सामाग्री
मातृभूमिलाई बोकेर नेपाली भाषा सेवा
प्रतिरूप : सामाजिक तथा यथार्थपरक धरातलमा आधारित उपन्यास
अनेसासले युगकवि सिद्धिचरण श्रेष्ठलाई विश्वभर चिनाउँदै
विश्व साहित्यका केही कवि र कथाकार नामको नवीनतम् कृतिको लोकार्पण
प्रतिक्रिया