नक्कली होइन सक्कली स्वतन्त्र उमेदवारलाई मतदान गरौं!

उमा पति २०७६ वैशाख २६ गते ११:०६ मा प्रकाशित

यो संस्था नितान्त समस्त ग़ैर आवासीय नेपालीहरूको लागि स्थापित हो। सदस्यता लिएका वा प्राविधिक कारणले लिन छुटेका सबैको यसमा सरोकार छ र हुनुपर्दछ।एकातिर जसका लागि यो संस्था हो आम रूपमा त्यति धेरै सम्बन्धित पक्षको सरोकार देखिंदैन भने अर्को तर्फ हामी तपाईंहरूको सेवा गर्छौं मौका दिनुस् भन्दै कतिपय सदस्यताको समेत ख़र्च बेहोर्ने गरी(अरू त कति कति)सर्व-साधारण समक्ष पुगेको देखिन्छ।हो , सबैसँग कुनै न कुनै वैचारिक आस्था या त विगतदेखि छ या अहिले बनेको छ। जे भएपनि हुबहू आफ्नो दृष्टिकोण लाद्न खोज्नु NRN जस्ता ग़ैर राजनीतिक संस्थाको लागि ठूलो अभिशाप हो जुन भैरहेको छ।जसको फलस्वरूप परदेशमा एकताबध्द भई बसेको नेपाली समुदाय विभाजित हुन पुगेको छ। राजनीति नै गर्नुछ भने गर्नुस् नेपालको वा यहाँको तर NRN मा नगर्नुस्।राजनीति गर्न NRN को नकाव लगाएर नआउनुहोस् र जबरजस्ती ईच्छा नहुनेलाई त्यसमा नहोम्नुस्।

आफ्नो पारिवारिक परिस्थिति आफ्नो सापेक्ष बनाउनुहेस् , कुनै लोभ लालचामा नलागि सामाजिक सामुदायिक काममा ध्यान दिनुस् र नि: स्वार्थ भावनाले तपाईंको श्रम र ज्ञान सीपका आधारमा सेवा गर्नुस्।तपाईं योग्य हुनुहुन्छ भने खर्च गर्नु पर्दैन। हो, तपाईं सम्पन्न हुनुहुन्छ , समुदायलाई आर्थिक सहयोग गर्न सक्नुहुन्छ भने चुनाव बाहेकका अरु समयमा गर्नुहोस्।

होइन भने ख़र्च किन गर्दै हुनुहुन्छ???

किनकी तपाईं योग्य हुनुहुन्न र तपाईंको नियत पनि ठीक छैन।

हामीलाई बिगतका गल्ती र कमजोरी हटाइने नेतृत्व चाहिएको हो , बदमासीहरुको निरन्तरता दिने होइन।

त्यसैले NRNA एउटा अभियान हो आज नै वा आफूले नै सबै सक्नुपर्छ भन्ने छैन। जति सकिन्छ, राम्रो गर्न प्रयास गरौं।आफूलाई तटस्थ बनाउन प्रयास गर्नुस् । हामी त्यसैको पक्षमा छौं।सेवाभावले प्रेरित हुनुहोस् तपाईंले पराजय नै भोग्नु पर्दैन। अर्को पटकदेखि NRN अभियानमा नेतृत्व गर्ने हो भने अहिलेदेखि नै समुदायको सेवा गर्दै आधारभूत तहबाट अगाडि बढौं।सामाजिक धरातल मज़बूत बनाउनुहोस् र अगाडि बढ्नुहोस्,

यसैबाट NRN अभियान र नेतृत्व सफल हुनुकोसाथै ग़ैर आवासीय नेपालीहरु वास्तवमै लाभान्वित हुने अवस्था सृजना हुन्छ!
धन्यवाद !

(लेखक: सिर्जनशील नेपाली समाज, ह्युस्टन टेक्ससका संस्थापक अध्यक्ष हुन्)

प्रतिक्रिया