‘ए मेरो हजुर ३’ ले गर्यो ८ करोड ब्यापार,अब अमेरिका ,युरोप र एसियाली राष्ट्रमा प्रदर्शन हुने

विजय थापा २०७६ वैशाख २० गते १:०७ मा प्रकाशित

झरना थापा द्वारा निर्देशित ‘ए मेरो हजुर ३’ नेपाली चलचित्रले अहिले सम्म ८ करोड कमाई गरेको छ । काठमाडौँ उपत्यकाका चलचित्र मन्दिरमा दैनिक एक प्रदर्शन तथा अधिराज्यभर चौथो हप्ता सम्म पनि दैनिक प्रदर्शन भै रहेको छ ।

बि.स २०७५ सालमा निर्माण भई व्यवसाय राम्रो गर्न सकेका दुई नेपाली चलचित्र मध्ये ‘ए मेरो हजुर ३’ व्यवसायको हिसावमा छक्का पन्जा ३ भन्दा दोश्रो स्थान ओगट्न सफल भएको छ ।

२०७५ सालमा नेपाली चलचित्र उद्योगमा होमिएका दुई साहसिक महिलाहरु दीपा श्री निरौला तथा झरना थापाद्वारा निर्देशित चलचित्रहरुले चलचित्र उद्योगमा नया आयाम थपेको छ ।

महिला द्वारा निर्देशित दुई चलचित्रले अपार सफलता हासिल गरेको छ । नेपाली चलचित्र घाटामा जाने र केही चलचित्र मात्र चल्ने सोचाईलाई महिलाहरुले गरेको निर्देशन र आँटिलो कदमबाट नयाँ आउने कलाकार तथा सबैलाई प्रेरणाको बाटो खुलेको छ ।

ईनेप्लिज संग ‘ए मेरो हजुर ३’कि निर्देशक झरना थापाले आगामी मे १० मा युरोपको लागि तैयार रहेको बताइन । उनले युरोपमा १०-१५ स्थानमा ‘ए मेरो हजुर ३’ प्रदर्शन हुने बताइन । उनले यसको साथै कोरिया ,हंगकंग तथा अन्य एसियाली मूलुकमा पनि प्रदर्शन हुने जानकारी दिईन । अमेरिकामा पनि मे को -८ १० तारिख देखि बिभिन्न राज्यहरुमा प्रदर्शन हुने थापाले बताइन ।

निर्देशक थापाले ‘ए मेरो हजुर ३’ लाई मन पराई दिने सबैलाई धन्यवाद दिदै बिश्वका जुन जुन मुलुकमा प्रदर्शन हुने छ त्यहाँ सबै नेपाली समुदायलाई हौशला प्रदान गर्न आई दिन अनुरोध गरेकी छिन् ।

 

तस्बिर :झरना थापा

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया