बिराटनगरको १९ वटै वाडामा युवाहरुको क्षमता अभिबृद्दि तालिम संचालन हुदै ।

इनेप्लिज २०७६ वैशाख ८ गते ११:०८ मा प्रकाशित

युवाहरु द्दारा संचालित “हामी युवा” नामक संस्थाले बिराटनगरका युवाहरुको लागि “क्षमता अभिबृद्दि तालिम संचालन गर्ने भएको छ। बिराटनगर महानगरपालिका संगको सहकार्यमा तथा सहयोगमा यस संस्थाले प्रत्येक १९ वटै वडामा एक वडामा १५ जना युवाहरुको लागि निःशुल्क तालिम आयोजना गर्ने लागेको हो । १६ देखी २५ बर्ष सम्मका युवाहरुको नेतृत्च , व्यक्तित्व, भाषण कला , निर्णय क्षमता तथा बिकास निर्माणमा युवाहरुको चासो आवश्यक जस्ता बिषयलाई समेटेर तालिम संचालन गरिने संस्थाकी अध्याक्ष जिना कार्कीले जानकारी दिईन ।

यस संस्थाका महासचिव तथा हामी युवाले बिराटनगर वडा -१ मा गत बर्ष संचालन गरेको तालिमका सहभागी अभिषेक भट्टराई भन्छन “निःशुल्क संचालन हुने यस प्रकारका तालिमले युवाहरुको क्षमता बिकासमा महत्वपुर्ण योगदान पुर्याउन सक्छ भन्ने कुरामा हामी बिश्वस्त छौ ” साथै सम्पुर्ण युवाहरुलाई सहभागीका लागि अपिल समेत गर्दछौ ।

प्रतिक्रिया