सिर्जना उत्सवमा सन्तोषका कुरा

इनेप्लिज २०७५ चैत २६ गते २१:०६ मा प्रकाशित

समाचारदाता

बोस्टनको साहित्यिक कार्यक्रम सिर्जना उत्सवमा यसपटक विस्कन्सन, म्याडिसनका सर्जक सन्तोष लामिछानेले आफ्नो सिर्जना कर्मका अनुभूति सुनाएका छन् | हालै मात्र ” अल्टिमेट आकाश ” उपन्यास प्रकाशित गरेका सन्तोषले उपन्यासले समेटेको बिषय बस्तु, पात्र र कालखण्डका बारेमा बताएका थिए | नेपालको काभ्रे पलान्चोकबाट अध्ययनका क्रममा अमेरिका आएका सन्तोषले ” चामल खानेहरू र चौलानी पिउनेहरू” कविता संग्रह प्रकाशित गरेका छन् भने “बिजुली मेसिन’ चलचित्र सह-निर्माण गरेका छन् |

कार्यक्रममा बोस्टनका कथाकार महेश्वर पन्तले आफ्नो नया कथा कृति ” नबोल्नेहरू”को बारेमा सहकर्मीहरू माझ अनुभव साटेका थिए भने हरि थापाले गज़ल सुनाएका थिए | नियमित शृंखलाको चालीसौ भागमा यसपटक नेपाली गज़ल लेखन र यसको भविष्यका बारेमा छलफल गरिएको थियो | कार्यक्रममा गोवर्धन पूजाले गज़ल लेखनबारे जानकारी गराएका थिए भने दीपा राई पुन , अनु शाह, सुशील नेपाल , डीबि गुरुङलगायतले कविता र गीत लेखनका बारेका अनुभव र जिज्ञाषा साटेका थिए | निकट भविष्यमा नै बोस्टन र यसका वरिपरिका सर्जकलाई समेटेर गज़ल लेखन कार्यशालाको आयोजना गर्ने कार्यक्रममा निर्णय पनि गरिएको थियो |

प्रतिक्रिया