मेरिल्याण्डमा यूवा परिचालन तथा संजाल कार्यक्रम सफलता पूर्वक सम्पन्न

विजय थापा २०७५ चैत २ गते १८:५२ मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको गेथर्सबर्ग शहरमा युवाहरुलाई समेट्दै यूवा परिचालन तथा संजाल कार्यक्रम सम्पन्न भएको छ । गत बर्ष सफलतापूर्वक सम्पन्न गरेको एनपीपीएले दोश्रो बर्ष पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बिशेष वक्ताहरुका रुपमा आमन्त्रित रिस्क म्यानेजमेन्ट परियोजनाका निर्देशक सागर खड्का ,घिमिरे होम्स (घर खरिद बिक्रि )का संचालक क्रिस घिमिरे , साइबर सुरक्षा तथा तथ्यांक विश्लेषक यूवा व्यावसायिक क्रितेश श्रेष्ठ तथा भर्ना परामर्शदाता एरिक जेफर्सनहरुले परिचय दिनुको साथै आफ्ना कामका बारेमा बताएका थिए ।

साथै वक्ताहरुले आफ्ना पेशा ,व्यवसाय ,संघर्ष,कठिनाई ,कामको प्रवृति ,सुझाव ,सल्लाह ,राय ,परामर्श तथा आफ्ना उपलब्धि बारेमा उपस्थित यूवाहरुलाई कथा सुनाए ।

वक्ताहरुले आफ्ना कुराहरु सुनाए पछि उपस्थित यूवाहरुले जिज्ञाशा राखेका थिए । कार्यक्रममा मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारी वक्ताको रुपमा आमन्त्रित गरिएता पनि बिशेष कारण आउन नसकेको कारण उनका प्रतिनिधिका रुपमा अर्जुन हमालको उपस्थिति रहेको थियो ।

हमालले अमेरिकाको ईतिहासमा अमेरिकी मूलधारको राजनीतिमा बिधान सभा सदस्यमा प्रथम निर्वाचित ह्यारी भण्डारी हुन् भन्दै द्वारा ह्यारी भण्डारीको तर्फ बाट आधिकारिक दृष्टान्त (अफ़िसिएल साइटेसन) एनपीपीएका अध्यक्ष राजु जोशीलाई हस्तान्तरण गरे ।

ह्यारीको विजय संगै अब अमेरिकी जीवनमा प्रभावकारी रुपमा मूलधारमा नेपालीहरुलाई प्रवेश गराउनु मुख्य उद्धेश्य रहेको बताए । मेरिल्याण्डमा एक बिधान सभा सदस्यले ५० हजार डलर सम्म उच्च माध्यमिक सकेर बिश्व बिद्यालय जान इच्छुक बिधार्थीलाई छात्रवृत्ति दिने जानकारी गराएका थिए ।

एनपीपीएका अध्यक्ष राजु जोशीले आधिकारिक दृष्टान्त (अफ़िसिएल साइटेसन) प्राप्त गरे पछि $ ५० हजार डलर सम्म उच्च माध्यमिक सकेर बिश्वबिद्यालय जान इच्छुक बिधार्थीलाई छात्रवृत्ति दिने भएकोले अवसर लिनु पर्ने बताए ।

https://www.facebook.com/enepalese/videos/2356956407649971/?t=7

अमेरिकाको डिसी महानगर क्षेत्रमा २८ वर्ष अगाडि स्थापना भएको नेपा पास पुचः अमेरिकाय क्रियाशील गैर मुनाफा सामाजिक संस्था हो ।

कार्यक्रमको उद्देश्य सामुदायिक यूवाहरूलाई सम्भावित सम्भावकहरू सँग जोड्ने रहेको हो। कार्यक्रमको परिकल्पना भनेको नेटवर्किंग(सञ्जाल) अवसर युवाहरूको लागि पुरस्कृत पेशेवर विकासको वृद्धि गर्न गरिएको हो ।

उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी ,कलेज/महा विद्यालयका विद्यार्थी तथा जागिर खोज्दै गरेकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एनपीपीए कि महा सचिव क्रितिश्मा श्रेष्ठ तथा अध्यक्ष राजु जोशीले आफ्ना काम गर्ने स्थानमा केही अवसरहरु पनि खुलेको घोषणा गर्दै इच्छुक भएमा सम्पर्क गर्न अनुरोध गरे ।

कार्यक्रम संचालन महासचिव क्रितिश्मा श्रेष्ठले गरेकी थिइन भने स्वागत मन्तब्य अध्यक्ष राजु जोशीले गरेका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया