सिरहाको भगवानपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा

इनेप्लिज २०७५ चैत १ गते १२:०० मा प्रकाशित

काठमाडौं, १ चैत । एनआईसी एशिया बैंक लिमिटेडले सिरहाको भगवानपुर गाउँपालिका–१ मा नयाँ शाखा स्थापना गरेको छ ।

उक्त भगवानपुर शाखाको सोही गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले उद्घाटन गरे । दुर्गम तथा ग्रामीण भेगमासमेत सबल बन्दै गएको भन्दै यादवले बैंको प्रशंसासमेत गरे ।

बैंकका हाल देशरभर २ सय ८१ शाखा कार्यालयहरु रहेका छन् । बैंकले २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया