टर्कीमा फेडेक्सको बिमान अगाडीको दाँती (गियर) नचले पछि आकस्मिक अवतरण

इनेप्लिज २०८१ वैशाख २६ गते १०:३५ मा प्रकाशित

टर्कीमा फेडेक्सको मालसमान बोकेको हवाईजहाजको अगाडीको दाँती (गियर) नचले पछि आकस्मिक रुपमा अवतरण भएको छ ।

एबिसीन्यूजका अनुसार अगाडिको अवतरण दाँती (गियर) असफल भएपछि पोतभार(कार्गो) विमान इस्तानबुलमा आपतकालीन अवतरण गरेको छ ।

गत बुधबार इस्तानबुल विमानस्थलमा उक्त घटना भएको हो । सामाजिक सञ्जालमा प्रकाशन गरिएको एक श्रब्यदृश्य (भिडियो)मा फेडेक्स एक्सप्रेसको बोइङ ७६७ लाई पछाडीको अवतरण दाँती (ब्याक ल्यान्डिङ गियर )प्रयोग गरेर अवतरण गरिएको थियो।

विमान पेरिसबाट इस्तानबुलको उडानको अन्तिम चरणमा जब बिमान चालकहरूले अगाडिको अवतरण दाँती खोल्न असफल भएको महसुस गरेका थिए ।

टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुका अनुसार कसैलाई पनि चोटपटक नलागेको र चालक दलले विमानलाई सुरक्षित रूपमा बाहिर निकालेको बताए ।

विमान हटाउने क्रममा विमान अवतरण गर्ने धावनमार्ग बन्द गरिएको उनले बताए ।

प्रतिक्रिया