कोशी प्रदेश प्रमुखलाई स्मरण पत्र बुझाउँदै मन्त्रीहरू

बेद प्रसाद घिमिरे २०८१ वैशाख २६ गते १०:०९ मा प्रकाशित

कोशी प्रदेश सरकारले बजेट अधिवशेन सिफारिस गरिसकेको विषयबारे प्रदेश प्रमुखलाई स्मरणपत्र बुझाएको छ। बुधबार मुख्यमन्त्री केदार कार्कीको तर्फबाट सरकारका मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष स्मरणपत्र बुझाएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ११ गतेलाई बजेट अधिवेशन बोलाउन सिफारिस गरेको विषय प्रदेश प्रमुखलाई पुनः स्मरण गराउने निर्णय गरेको थियो । यसअघि पनि सरकारले बजेट अधिवेशन आह्वानको सिफारिस गरेको तर, प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीको आग्रहमा आधारमा वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरेका थिए। यस्तै वैशाख ७ मा प्रदेश सभाले मुख्यमन्त्री केदार कार्कीविरूद्ध संकल्प प्रस्ताव पारित गरेको थियो ।

प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब दिइरहेका बेला संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाइ स्मरण गराएको हो। कोशी प्रदेशमा माओवादी र एमाले नयाँ सरकार गठनको पहलमा जुटेका छन् । तर मुख्यमन्त्री कार्की एक पटक विश्वासको मत लिइसेकाले अर्को पटक विश्वासको मत लिन नपर्ने बताउँदै आएका छन ।

प्रतिक्रिया