इजरायली बन्धकको मृत भएको घोषणा

इनेप्लिज २०८१ वैशाख २६ गते १०:५१ मा प्रकाशित

एक इजरायली बन्धकलाई मृत घोषित गरिएको एबिसीन्यूजले जनाएको छ ।

हमासले बन्धक बनाएका इजरायली बन्धक ६१ वर्षीय लियोर रुडाफलाई अक्टोबर ७ मा भएको आक्रमणमा मारिएपछि मृत घोषणा गरिएको होस्टेज रिलिज सेन्टरले (बन्धक रिहा केन्द्र)जनाएको छ।

रुडाफ रुग्नवाहिणी (एम्बुलेन्स )चालकको रूपमा स्वयम्सेवा गरेका थिए । उनले आफ्नी पत्नी याफासँग ३८ वर्षसम्म रहदै आएका र उनका चार सन्तान छन् ।

इजराय सरकारले गहिरो शोक व्यक्त गरेको छ । उनलाई आफ्नो मातृभूमिमा सम्मानजनक दाह संस्कार गरिने जनाएको छ । अहिले सम्म हमासले क्रूर रूपमा ३८ जना बन्धकहरूलाई अक्टोबर ७ मा यसरी हत्या गरेको केन्द्रले जनाएको छ ।

मृत घोषणा गरिएका ३८ जना बन्धकहरूको शव हमासले राखेको छ।

प्रतिक्रिया