नेतृत्व संकटको भुमरीमा नेपाल : केपी र प्रचण्ड संकटको बाटो तिर र विप्लव उदय तिर

रूपेश कार्की (बद्रि प्रयाश) २०७५ फागुन ३० गते १०:५० मा प्रकाशित

वर्तमानमा नेताहरु प्रति कसैको पनि राम्रो धारणा छैन,एक प्रकारले वितृष्णा,घृणा र आक्रोस मात्र नेपालीहरुमा बढेको पाईन्छ । परिणामतःआशा भन्दा वढी निराशा छ । जो राष्ट्रको लागी राम्रो र शुभ संकेत होइन । के हाम्रो देशको राजनैतिक नेतृत्वको संकट भएकै हो? यो संकटको समाधान सडकका पोलमा नेताका पोस्टर टाँसेर,अनि नेताहरुलाई फुलका माला चढाउने प्रतिस्प्रधा गरेर वा गराएर हुदैन वरु यसको सहि कारण र समाधान बारे स्वतन्त्र वहसको आवश्यक्ता छ ।

आज नेताहरुप्रतिको अनआस्था र अविश्वाशको पछाडी धेरैहदसम्म प्रचण्डको पतन जिम्मेवार छ । त्यसैले प्रचण्ड पतनको कारण पत्ता लगाई समाधान दिन सक्दा मात्र त्यो प्राप्त हुनेछ । वस्तुतः देशमा नेतृत्वको संकट पैदा भएको छ र यो कस्ले कसरी हल गर्छ सक्दछ ?यस प्रश्न वनेको छ । के यो संकटको हल विप्लवले गर्न सक्छ ? सक्छ भने कसरी ? उत्सकतापुर्वक आशावादी नजरले हेर्न थालीएको थियो। त्यसैले यहाँ नेतृत्वको संकट भएको छ। पछिलो दिनमा त विप्लव शान्तिपुर्वक नभई हिसांत्मक बाटो रोजेको पाईन्छ। त्यसले पनि राष्ट्रलाई फेरी संकटमा फस्ने हो कि भन्ने आशंका आमजनमानसमा उब्जियको छ।

नेपालीहरूमा फेरिपनि एक प्रश्न

यहाँ विकाशानन्दको “मनोक्रान्ति” हैन, हरेक वस्तु विकास र विनासको “आन्तरिक कारण प्रधान” हुन्छ भन्ने माक्र्सको भनाइलाई मान्ने हो भने नेताहरुप्रति अविश्वाशको कारण स्वयम नेताहरू नै हुन भने देश नबन्नुको कारण पनि हाम्रै राजनीतिक नेतृत्व र प्रणाली हो । देश विकासको सन्र्दभमा पछिल्लो समय सिंगापुर र मलेशियासगै ली क्वान यु र महाथिर महमदको चर्चा हुन्छ । सामान्यतः यो ठिकै छ तर के नेपालमा कुनै नेताहरु छैन्न ? जसका सकरात्मक पक्षवाट सिकेर अगाडी वढ्न सकियोस । हामी किन पृथ्वीनारायण शाह,भिमसेन थापा, महेन्द्र शाह, विपि कोइराला, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको निरपेक्ष विरोध गर्छौ ? किन विप्लवको आवाज नसुनेर कोपिलामै निमोठ्न खोज्छौ ? सायद यो प्रश्नको उत्तर खोज्न हामी स्वतन्त्र छैनौ,किनकि हामीमा वैचारिक तथा वौद्धिक दासता र दरिद्रता छ । यो हाम्रो देशको अर्थराजनीतिसँग अन्तरसंम्वन्धित छ । त्यसैले के हामी स्वतन्त्र वहस गरेर निष्कर्ष दिन सक्छौ ? अवश्य सक्छौ र सक्नैपर्छ ।

देशको आजको चित्र

अहिले देशको स्थितिमा सुधार हुनुको सट्टा झन विग्रीदै गएको छ । आज नेतृत्व वर्गमा छिटो भन्दा छिटो जसरी हुन्छ नाफा तथा पुजी कमाउने विचार छ । तर त्यो नाफा जीवित श्रममा आधारित नभएर मृत श्रममा निर्भर छ । यसलाई अर्थराजनीतिको भाषामा दलाल पुजी भनिन्छ । हाम्रो देशमा प्रकृति र मानव श्रमलाई एकिकृत गरेर,उत्पादनमा वृद्धि गरेर र परिश्रम गरेर पुजी कमाईदैन । मात्र यहाँ विविध नारा र एजेण्डाको व्यापार गरिन्छ । यहाँ त प्रजातान्त्रिक ,कम्युनिष्ट राष्ट्रभतm जे नामका भएपनि नेताले क्रान्ति,सहिद,राष्ट्रियता,समाजवाद,देश र जनता सवैको व्यापार भएकाछन। किनभने अहिलेको उत्तर साम्राज्यवाद त्यसो गर्न वाध्य पार्छ । यसरी दलाल पुजीको लागी एकातिर विरोध र विद्रोहको आगो बालेर खरानी छर्कीइन्छ भने अर्कोतीर चाकडी र प्रशसाको वर्षा गराएर भेलवाढी बगाइन्छ । यसरी हाम्रो देशमा दलाल पुजीले शासन गरिरहेको छ । परिणामतःशाषकहरुले दिएको “संमृद्ध नेपाल— सुखी नेपाली” को नारा एक झुठ र भ्रम सावित हुदै गएकोछ साथै, व्यवहारमा “ गरिव र संकटग्रस्त नेपाल— निराश र चिन्तीत नेपाली ” को नारा लागु भएको छ । यहि अवस्था र ब्यवस्था रहिरहने हो भने भविश्यमा कंगाल र वर्वाद नेपाल— नीरिह र दुखी नेपालीको नारा साकार स्थापित हुनेछ ।

आर्थीक रुपले हेर्दा देश संकटमा छ । अर्थमन्त्री युवराज खतिवडाले स्वयत पत्र जारी गर्दैै भने राज्यसँग पैसा छैन,देश गरिव छ । नेपालको व्यापार घाटा वढ्दो छ पछिल्लो रिर्पोट अनुसार करिव १ं० खर्व व्यापार घाटामा ६ खर्व त भारतसँग मात्र छ । हाम्रो वजेटको ३२ प्रतिशत रेमिटेन्स भित्रिन्छ तर त्यसको २० प्रतिसत मात्र वचत हुन्छ । जनताको आधारभुत उपभोग्य वस्तुको मुल्य वढेको वढ्यै छ , शिक्षा र स्वास्थ्य छोइनसक्नु भएकोछ । वेरोजगारी र युवा पलायनता क्रम तिव्रतामा रूपमा वढैछ गएकोछ।

राजनीतिक दृष्टिबाट हेर्दा संघिय लोकतान्त्रिक गणतान्त्रिकको सवै तहमा सरकार भ्रष्टचारमा चुर्लम्म डुवेर गन्हाएको छ । यो राज्यव्यवस्था नै टिक्छ कि टिक्दैन ? प्रश्न उठेको छ । राज्यसंचालक पार्टीहरुको अस्तित्व संकटमा छ । एउटै पार्टीको दुई अध्यक्ष प्रगती र विकासको हैन संकट र अधोगतीको परिचायक हुन पुगेको छ। कांग्रेस पार्टी उसको वहुलवादी दर्शनको कारण एक काम चलाउ संघ जस्तै मात्र भएकोछ । राष्ट्रिय तथा सामाजिक सुरक्षाको कोणवाट हेर्दा न देश न त कुनै नागरिक नै सुरक्षित छन् । हाम्रो लिपुलेकको अरुले नै संम्झौता गर्दछन । सिमानापारिबाट आएर नेपाली नागरिक दिनहु मारिन्छन । निर्मलाको हत्यारा पत्ता लाग्दैनन।यो देशको आर्थिक,राजनैतिक र सामाजिक चौतर्फी वढ्दै गएको समस्या र संकट टार्न राज्य धार्मिक दन्द्धको खेति गर्दछ ।धार्मिकनिरपेक्षक राष्ट्रमा धार्मीक सम्मेलन गरेर धर्म युद्धलादन खोजिरहेको छ । देशको समस्यालाई लिएर संघर्ष गरिरहेको क्रान्तिकारी राजनैतिक शक्ति र विचारमाथी फासिवादी दमन चलाउछ । नेताहरु पुजापाठ गर्छन र भगवानको शरण पर्दछन । यो राज्य र नेताहरुको कस्तो लाजमर्दो पतन ? यो हाम्रो देशको हास्यास्पद,कहालीलाग्दो र भयावह चित्र हो ।

नेतृत्वको स्वतन्त्रता र पहलकदमी

सिद्धान्ततः नेतृत्व आयात निर्यात गर्ने वस्तु हैन भनिएपनि नेताहरु पनि खरिदविक्री हुन्छन भनेर त मान्नुपर्ने भयो । किनकि पुजीवादले मानिसलाई पनि खरिदविक्रि गर्नसकिने माल ठान्छ र पुजीवादको विकृत अन्तिम रुप उत्तर साम्राज्यवादले त नेताहरुलाई मुल्यवान मालको रुपमा वुझेर खरिदविक्री गर्छ र नाफा कमाउदछ । त्यसैले हाम्रा जस्ता देशका नेताहरु स्वतन्त्र हुदैनन । साम्राज्यवादको प्रतिरोधमा हुदैनन । वास्तवमा यहाँ नेतृत्व स्वतन्त्रताको लडाई पुरा भएको छैन । परिणामतः नेतृत्व सफल र स्थापित हुन सकेको छैन यसलाई चलनचल्तीको भाषामा राजनेता जन्मेन भनिन्छ। त्यो सहि कुरा पनि हो जसको नाम देश र जनताले गर्वकासाथ लिनसकेका छैनन् । यर्थाततामा हाम्रो स्वतन्त्रताको लडाई जारी छ ।

हुनत आवश्यक्ता भन्दा अलग्गै स्वतन्त्रताको कुनै अस्तित्व हुदैन । त्यसैले स्वतन्त्रता एंगेल्सको भनाईमा “आवश्यक्ताको वुझाई” हो । यहाँ चर्चा गर्न खोजेको विषय नेतृत्वको स्वतन्त्रता र पहलकदमीको हो । नेतृत्वले आफ्नो समुह,पार्टी,समाज,राष्ट्र र वर्गको आवश्यक्तालाई सवैभन्दा पहिले वोध गरेर त्यो आवश्यक्ता पुरा गर्न आवश्यक कदम चाल्ने स्वतन्त्रता प्राप्त गरेको हुन्छ र निर्दिष्ट लक्ष्यमा पुग्न विवेकसम्मत साहासका साथ पहलकदमी लिईन्छ । त्यसैले नेतृत्व भनेको स्वतन्त्रता र पहलकदमी,विज्ञान र कला,सिद्धान्त र व्यवहार,विचार र साहास, भनाई र गराई अनि रणनीति र कार्यनीतिको एकिकृत रुप हो । जब नेताले नेतृत्वको स्वतन्त्रता र पहलकदमी गुमाउदछ तब त्यो आफ्नो लक्ष्य उदेश्यबाट विचलीत हुनपुग्दछ र त्यो कसैको कठपुतली औपचारिक नेतृत्व हुन्छ । विगतमा जो नेताले जतिवेलासम्म नेतृत्वको स्वतन्त्रता प्रयोग गरेर पहलकदमी लिएर लडे त्यतिवेलासम्म राम्रो गरे, जतिवेला आफ्नो स्वतन्त्रता र पहलकदमी गुमाएर लड्न छोडे त्यतिवेला वर्वाद भए । किनकि उनिहरु एकातिर साम्राज्यवादी रणनीतिको शिकार भएभने अर्कोतिर आफ्नै वर्गीय वस्तुगत सिमाको कारण अघि वढ्न सकेनन । यो सन्र्दभमा नेपालीहरुले लडेका दुई ठुला लडाई वारे उल्लेख गर्न आवश्यक छ । पहिलो पृथ्वीनारायण शाहले शुरु गरेको लडाई । दोस्रो प्रचण्डले नेतृत्व गरेको कथित जनयुद्धको लडाई । पहिलो लडाईवाट हामीले नेपाल देश पार्यौ । दोस्रो वाट गणतन्त्र तर यो गणतन्त्र नेतृत्वको संकटवाट गुज्रीरहेको छ । आज सम्पुर्ण नेपालीहरूलाई शंका छ कतै हाम्रा नेताहरू कसैका भाडाका टटु त होइन?

पहिलो चरणमा, देश र जनताको रक्षा र सापेक्ष विकासको आवश्यक्ताकासाथै अंग्रेज साम्राज्यवाद विरुद्ध लड्ने आवश्यक्तावोध गरेर जब पृथ्वीनारायण शाहले नेतृत्वको स्वतन्त्रता प्रयोग गरेर पहलकदमी लिए तब राष्ट्र निर्माता भए र यो राष्ट्र निमार्णको अभियान भिमसेन थापाको पतनसगै प्रभावित भएपनि महेन्द्र शाहले सुधार र सदृढ गरे । दोस्रो चरणमा, नेतृत्वले जनता र देशको मुक्ति र विकासको लागी पुरानो राज्यव्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यक्तावोधसहित नयाँ राज्यव्यवस्थाको लागी क्रान्ति गर्ने स्वतन्त्रता प्राप्त गरेको थियो । यहि नेतृत्वको स्वतन्त्रताको प्रयोग गर्दै पहलकदमी लिने सन्र्दभमा,विपि कोइराला,पुष्पलाल श्रेष्ठ,मदन भण्डारीको नाम आएपनि त्यसको पछिल्लो कडी प्रचण्ड हुनगए । जब प्रचण्डले नेतृत्वको स्वतन्त्रता प्रयोग गरेर पहलकदमी लिए तब नेपालमा माओवादी महान जनयुद्ध भयो । संम्भवत अंग्रेज साम्राज्यवाद विरुद्धको लडाईपछि अर्को ठुलो लडाई लडे नेपालीहरुले । तर पाए के गणतन्त्र?अनि गणतन्त्रले दियो के ? झन समस्या र संकट । प्रचण्डले किन यसो गरे ? आज सवैले उत्तर खोजेको छ? र खोज्नुपनि पर्छ । तर शाषकहरुले विषयान्तर गरेर भनिरहेका छन— हेर जनता हो जे जे भनेपनि नेताले आफ्नै बारे सोच्ने हो नपत्याए प्रचण्डलाई हेर त । अनि प्रचण्डले भन्दैछन— हामीले जे जे गर्ने हो देश र जनताको लागी हो । यो स्थतिमा नेताहरुप्रति कसरी आस्था र विश्वाश पैदा हुन्छ ? प्रचण्डले नेतृत्वको स्वतन्त्रता र पहलकदमी कसरी गुमाए त ? विश्लेषणको जरुरी छ ।

सवभन्दा पहिले प्रचण्ड आफैसँग हारे, त्यसपछि सहयोद्धासँग अनि विदेशीसँग र अन्तिममा शाषक वर्गसँग । प्रचण्डले लिएको विचार र राजनीति साम्यवाद,जनवाद र समाजवादको थियो त्यसको लागी मुख्य वाधक आफ्नै व्यक्तिवादसँग लड्न नसकी हारेका हुन । व्यक्तिवादको एक रुप हो आत्मसुरक्षावाद । खारा कारवाहीपछि स्पष्ट भएको प्रचण्डको आत्मसुरक्षावाद अन्ततःराष्ट्रिय र वर्गीय आत्मसमपर्णवादमा पुगेर सकियो । व्यक्तिवादको अर्को रुप हो—परिवारवाद र नातावाद । जनयुद्धकालमा छोरा प्रकाशको वढुवामा व्यक्त त्यो समस्या शान्तिप्रकृयामा त छताछुल्ल नै भयो । त्यस्तै व्यक्तिवादको अर्को रुप हो— अर्थवाद । जनयुद्धकालमा भारत वस्दा मध्यम वर्गीय जीवनशैली अपनाएकोमा नेतृत्वको आत्मआलोचनामा व्यक्त भएको अर्थवाद शान्तिप्रकृयासगै भद्या रुपमा देखियो र अन्तिम रुप अन्ततः शान्ति प्रकृयासँँँगै दलाल पुजीवादमा व्यक्त भयो । यो समकालीन संसदीय राजनीतिमा नेताहरु सवैको साझा समस्या हो । प्रचण्डले एकातिर सहयोद्धा वावुरामसँग विचार र सिद्धान्तमा अनावश्यक संम्झौता गरेर वैचारिक नेतृत्वको हैशीयत गुमाए भने अर्कोतीर संकट पर्दा अन्य सहयोद्धासँग छलफल गर्ने आँटै गरेनन यसरी सहयोद्धासँग हारे । प्रचण्डले उत्तर—साम्राज्यवादी घुसपैठ र अन्र्तध्वसको छद्यम रुप पहिचान गरेर प्रतिवाद गर्न सकेनन । भीमसेन थापालाई उदृत गर्दै दक्षिणएशियाली फेडरेसनको अवधारणा त ल्याए तर व्यवहारमा उल्टै पश्चिमा र भारतीय साम्राज्यवादको प्रभावमा परे र अन्ततः विदेशी साम्राज्यवादसामु आत्मसमपर्ण गर्न पुगेका हुन। अन्तमा गणतन्त्ररुपी नयाँ खोलमा पुरानै संसदीय दलाल पुजीवादी राज्यव्यवस्था स्वीकारेर प्रचण्डले वर्गसर्मपण गरेका हुन । यसरी प्रचण्डले नेतृत्वको स्वतन्त्रता र पहलकदमी गुमाए,उनको भनाई र गराई,सिद्धान्त र व्यवहार,विज्ञान र कला,विचार र साहास, रणनीति र कार्यनीति अलगथलग भयो र प्रचण्डको नेतृत्व विघटन भै पतन भयो ।

अव एक नजर विप्लवतिर लगाउ । वास्तवमा विप्लव प्रचण्डको विचलन र पतन विरुद्ध लडेर क्रान्तिको रक्षा गर्न सफल नेता हुन । यस्तो विश्वमा सायदै भएको छ । विप्लवले क्रान्तिको रक्षा र विकासका साथै सफल गर्न नयाँ एकिकृत जनक्रान्तिको कार्यदिशा पनि प्रस्तावित गरेका छन । जुन कार्यदिशा कार्यन्वयनका सकरात्मक परिणामहरु पनि आइरहेका छन । यसरी नेतृत्वको स्वतन्त्रता प्रयोग गरेर पहलकदमी लिएका छन । किनकि विप्लवमा नेतृत्वमा हुनुपर्ने आधारभूत तत्व विद्यमान छन । जो एक सफल नेतृत्वको लागी आवश्यक हुन्छन । अहिले पुरानो राज्यको असफलता र दमनसगै क्रान्तिको विकास भएको छ र जनतामा नयाँ राज्यव्यवस्था वैज्ञानिक समाजवाद प्रति आकर्षण वढीरहेको छ । यो स्वतःस्फुर्त भएको छैन । पुरानो व्यवस्थाले समस्या वाहेक केहि दिदैन नयाँ व्यवस्थाको लागी संघर्ष गर्नुपर्छ भनेर विप्लवले विगत चुनावमा सवैमा पुग्नेगरी वम पड्काएर दिएको सन्देश आज सवै जनताले सम्झीरहेका छन र मनमनै भनिरहेका छन— विप्लव आउँ देशको जिम्मा बचाउ । यसरी विप्लव उदयको वस्तुगत वातावरण तयार भएको छ । यदि विप्लव पनि कसैका भाडा टटु र कसैका गुलामी बन्नेन् भने राष्ट्र कान्तिमा निरणतरलागि रहेमा उनीमा आशा देखिन्छ।

अन्त्यमा, आजको राज्यव्यवस्था नेतृत्वको चरम संकटवाट गुज्रीरहेको छ । यसको समाधान कि त वर्तमान शाषकहरुले साम्राज्यवादीको निर्देशनमा फासिवादको अभ्यासद्धारा दिनेछन कि त परम्परागत शक्तिको निर्देशनमा नेपाली सेनाले कू गर्नेछ । कि त जनताको आवाज र मार्ग अनुसार विप्लवले क्रान्तिकारी हस्तक्षेप पर्नेछ र एक नयाँ राज्यव्यवस्थाको उदयसगै वर्तमान राज्यको संकटको हल पनि हुनेछ । त्यसैल न फासिवाद न त सैनिक कू नै समाधान हो बरु जनताको क्रान्तिकारी हस्तक्षेपद्धारा देश र जनताको स्वतन्त्रता हासिल गर्नु अवको एक मात्र विकल्प मानिन्छ ।

प्रतिक्रिया