घर फर्कने दोसाधँमा साईला

सुशील निरौला, अमेरिका २०७५ फागुन २६ गते १८:५८ मा प्रकाशित

घर फर्कौ भन्छ प्रवासी साईलो !
किन फर्कने र भन्छन् साथीभाई !!

मलाई घरको संझनाले
सतायो भन्छ साईलो !
संझन लायक के नै बाँकी छ र घरमा भन्छन् साथीभाई !!

साथीभाईलाई त नजर अन्दाज गर्न सकिएला भन्छ साईलो !
तर,
परिवारलाई नजर अन्दाज गर्न
सकिरहेको छैन साईलो !!

निकै संघर्ष गरेको थियो साईलोले प्रवासी हुन !
आज फेरि संघर्ष गर्दैछ साईलो
घर फर्किन !!

प्रवासको
सुखमय जीवन भित्रको पीडा
कसरी खेपीरहन सक्छ र साईलो !
स्वदेशको
दुख:पूर्ण जीवन भित्रको आनन्द
कसरी बिर्सन सक्छ र साईलो !!

छोडेको घर फर्कन
यति कठिन होला भन्ने
सोचेको थिएन होला साईलोले !
सोचेको भए घर छोडेर
हिडदैन थियो होला साईलोले !!

जीवनको उकाली र ओरालीमा
अझै कति सर्घष गर्नु पर्ला साईलोले !
तर पनि,
बाधा र व्यवधानको सामान गर्न
पछि पर्ने छैन साईलो कहिल्लै !!

प्रतिक्रिया