नारीलाई शिक्षा दिऔ ,छोरीलाई शिक्षित तुल्याउ देउ

भावना बिष्ट २०७५ फागुन २३ गते १५:४८ मा प्रकाशित

नारी शक्ति हो । समाजले छोरीलाई हिम्मत दिऔ र सम्मान गरौ । उसको हिम्मत ,आत्मसम्मानमा हमला हुन् नदिऔ । नारीले आफ्नो शक्तिले आफ्नो घर परिवारको ,समाजको र देशको बिकासमा पुरा मदत गर्छन ।

नारी दिवस हरेक बर्ष मार्च ८ मा पूरा बिश्व भर मनाउछन । आज पनि हजारौ महिलाहरुका धेरै समस्याको सामना गरि रहेका छन् ।

त्यसपछि महिलाहरुलाई भोट दिने अधिकार पनि सुरु भयो । पछि मार्च ८ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो । महिला दिवस मनाउनु को मुख्य उद्देस्य महिला तथा पुरुषमा समानता बनाउन पनि हो ।

आज पनि महिला तथा पुरुषमा समानता छैन । काम(नोकरी)मा पनि महिलाहरुलाई पद्दोनतिमा धेरै किसिमका बाधा अडचनहरु झेल्नु पर्छ ।

गाउँ घरमा आज पनि छोरी जन्मिदा दुखि हुन्छन । भ्रुण हत्या सम्म गर्न पछि नहट्ने संस्कृति छ ।

महिला गौरव हुन् । विश्वको समग्र बिकासको लागि छोरीको पनि त्यतिकै भूमिका हुन्छ । महिलाहरुलाई प्रेम ,करुणा र क्षमताका मुर्ति मानिन्छ । जुन घरमा नारीको अपमान हुन्छ त्यो घर कहिले लक्षिन हुन् सक्दैन । त्यस परिवार नाश भएर जान्छ ।

नारीले आमाको रुपमा ,छोरीको रुपमा ,बहिनीको रुपमा ,दिदि ,पत्नी,प्रेमिका बन्दै जीवनको हरेक मोडमा हरेक रुपले साथ दिने गरेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवस सुन्दा खुशी लाग्छ तर जव एकान्तमा बसेर सोचे मनमा एउटा प्रश्न उठ्यो । के यस्तो थियो कि आखिर अन्तर्राष्ट्रिय स्तर मै महिलाहरुको सम्मानमा बर्षमा एक पटक एक दिन नै घोषणा गर्नु पर्ने हो र ?

यसको मतलव महिलाहरुलाई सम्मान दिनु पनि थियो । यो महिलाले नै आफुहरुलाई पीडा भएर ,पीडित भएकोले ,आक्रोसमा आएर एक दिन भए पनि आफ्नो भावना ,पीडा ,अधिकार तथा सम्मानहरुलाई अगाडी राख्ने उद्देस्यले शुरुमा यो नेपालमा जस्तै बिश्वमा नै महिलाहरुलाई आफ्नो सम्मान अधिकार सुरक्षित राख्नु धेरै चुनौती पूर्ण थियो ।

केहि देशमा महिलाहरु आफै पनि शिक्षा र स्वास्थ्यको दृष्टिकोण बाट पिछाडीएका छन् । महिला हिंसा निकै बढेको छ । हाम्रो देशमा दिनहु जस्तो महिलाहरु बलात्कृत भै रहेका समाचार हामी पढ्न पाउछौ । यस्ता कुरामा समाज सतर्क र अभिभावक चनाखो हुनु पर्छ ।

सानै देखि महिलाहरुलाई स्कुल पठाउनुको सट्टा घरको काम सिकाउनु ,उनीहरुलाई घर भित्र राख्नु ,आत्मनिर्भर नहुनु ,आर्थिक कमजोर हुनु आधा आकाश ढाकेको जान संख्या अशिक्षित हुनुले देशको विकासमा आधा स्वाभाविक नै हो ।

लाग्दछ कि पुरै संसारभरका महिलाहरु एकजुट भएका छौ । हाम्रो जस्तो देशमा माता दुर्गा ,काली। लक्ष्मी ,सरस्वती को द्द्श जहाँ नारी रुपी भगवानको पूजा हुने देशमा रहेर हामी नारीलाई अपमान नगरौ ।

दि वुमेन पावर टु  क्रिएट लब एण्ड केयर

प्रतिक्रिया