न्यूह्यामसायरमा सरस्वती पूजा र बाल प्रतिभा प्रतियोगिता सम्पन्न!

इनेप्लिज २०७५ माघ २८ गते ५:४५ मा प्रकाशित

अनेसास न्यूह्यामसायरको आयोजनामा विद्ध्याकी देवी सरस्वती माताको पूजा एवं बाल प्रतिभा प्रतियोगिताको कार्यक्रम यही फेब्रूबरी ९ तारीख़ २०१९, शनिवार हुक्सेट लाइब्रेरी हुक्सेट न्यूह्यामसायरमा भव्यरूपमा संपन्न भएको छ।

बोर्ड अफ ट्रस्टीको अध्यक्ष गीता खत्रीको प्रमुख अतित्थ्यतामा संपन्न उक्त कार्यक्रममा सेनेट मेजेरोटी लिडर सेनेटर ड्यान फेल्टसको विषेश आतित्थ्यता रहेको थियो। १५० भन्दा बढिको उपस्थिति रहेको उक्त कार्यक्रममा पण्डितबाट मन्त्रोच्चारण एवं पूजापाठ गरिनुकासाथै सरस्वती स्तोत्र वॉचन गरिएको थियो।

संस्थाकी उपाध्यक्ष हरि मॉया अधिकारी र सदस्य रमा न्यौपानेले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि गणहरूलाइ खादा ओडाइ संमान गर्नु भएको थियो । संग संगै नेपाली तथा अमेरिकन राष्ट्रीय गान गाइएको थियो।

कार्यक्रममा दर्जनौं बाल बालिकाहरूले गायन, नृत्य, बाध्यबादन, चित्रकला, कविता वॉचन लगायतका विषयहरूमा ऑ- ऑफ्नो प्रतिभा रोचक ढंगबाट प्रस्तुत गरेका थिए।

प्रतियोगिताको जज प्यानलमा महेश्वर पन्त, दिपा राइ पुन, तिलक श्रेष्ठ र राज कपूरज्यूहरूले अहम भूमिका निभाउनु भएको थियो।

कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र ऑाफू सधैं न्यूह्यामसायरको कार्यक्रममा ऑउन उत्साहि रहने एवं साहित्य कला र संस्कृतिलाइ वचॉइ राख्न यस्तै कार्यक्रमहरू हुनु पर्नेमा जोड दिनु हुदै प्रमुख अतिथीको मन्तव्यमा विओटी अध्यक्ष गीता खत्रीले वताउनु भयो। त्यसैगरी मेजोरिटी लिडर सेनेटर डेन फेल्टेसले ऑफू कार्यक्रमबाट प्रभावित भएको र यस्ता कार्यक्रमले कम्यूनिटीमा महत्व पूर्ण भूमिका खेल्ने भन्दै

कार्यक्रम सफलताको कामना गर्नु भयो। सभा अध्यक्ष कृष्ण कुमार गिरीले प्रमुख अतिथि वीओटी अध्यक्ष गीता खत्री र विशेष अतिथि सेनेटर ड्यान फेल्टसलाइ सहभागिताकोलागि धन्यवाद दिदै मॉयाको चिनो प्रदान गर्नु भएको थियो। त्यसैगरी न्यूह्यामसायर च्याप्टर बीओटी सदस्यहरू खडिमान राइ, मुक्ति नारायण राइ र उमेश कोइरालालाइ प्रमुख अतिथि गीता खत्री र विशेष अतिथि ड्यान फेल्टेसले खादा तथा प्रमाण पत्र प्रदानगरी संमान गर्नु भएको थियो।

केन्द्रीय सचिव कवि लालगोपाल सुवेदीले ऑफूलाइ न्यूह्यामसायरले वाल्यकालको स्मरण गराएको भन्दै न्यूह्यामसायर कविता वॉचन गर्नु भएको थियो। त्यसैगरी कवि तथा वोस्टन च्याप्टर उपाध्यक्ष शुसील नेपाल, के. स. अग्नी पराजुली , तारा देवी नेउपाने, हरी मॉया अधिकारी, कवयित्री दिपा राइ पुन, रमा नेउपाने लगायतले ऑ-ऑफ्ना रचना वॉचन तथा गायन गरी कार्यक्रमको रोचकता थप्नु भएको थियो। एकै स्थानमा सरस्वती पूजा, कविता वाचन र बाल प्रतिभा प्रदर्शन जस्तो भव्यकार्यक्रम सफल संचालन गरेकोमा उपस्थित महानुभावहरूबाट आयोजकलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो।

कार्यक्रमाका सभापति तथा च्याप्टर अध्यक्ष कृष्ण कुमार गिरीले प्रमुख अतिथि, विशेष अतिथि, अनेसास परिवार, सहभागि प्रतिभाहरू, निर्णायक मण्डल, संपूर्ण संघ संस्था र व्यकितिहरूलाइ धन्यबाद दिदै यॉहमहरूकै कारण यो कार्यक्रम यसरी सफल भएको वतॉउदै ऑफ्नो रचना वाचन एवं कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रमलाइ यथासक्य व्यवस्थित गर्दै नगद दान तथा खान- पिन मा सहयोग गर्ने सवैको नामावली उद्घोषण गर्दै कोषाध्यक्ष दर्पण किरात राइले सवैलाइ धन्यबाद दिनु भएको थियो।

संस्थाका प्रधान संपादक एवं विओटी अवार्ड कमिटी सदस्य इश्वरी भट्टले यस कार्यक्रमको ऐतिहासिकता माथि प्रकाश पर्दै यस कार्यक्रमलाई सफल पार्न उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, जज अफ वोर्ड, प्रतियोगी भाइ वैनाहरू, स्वयम् सेवकहरू, हुक्सेट लाइब्रेरी, सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरू, चन्दा दाता एवं परिकार वनाइ सहयोग गर्ने संपूर्णमा एक मुष्ठ हार्दिक धन्यबाद व्यक्त गर्नु भएको थियो।

प्रतियोगितामा प्रथम, व्दितीय, तृतीय र सान्त्वमा प्राप्त गर्नेहरूको नामावली जज प्यानल संयोजक महेश्वर पन्तले पढेर सुनाउनु भयो भने कार्यक्रमका प्रमुख अतिथि वीओटी अध्यक्ष गीता खत्री, के. सचिव लालगोपाल सुवेदी र सभा अध्यक्ष कृष्ण कुमार गिरीज्यूहरूले पुरस्कृत बाल बालीकाहरूलाइ पुरस्कार, प्रमाण पत्र र खादा प्रदान गर्नु भक्एको थियो।प्रतियोगिहरू- रेवन्त वाग्चन, नेहा शर्मा, स्तुति खतीवडा, विप्लव खतिवडा, रितेश आचार्य, आयूस मित्र, आन्या वैद्य , विदीसा गुरूड॰, स्पर्धा गुरूड॰, शुवर्ना राइ, आलेख राइ, प्रज्ना अधिकारी, प्रमसु अधिकारी, गार्सील्यान मेहता, रीसीमा सिंह, श्रेया खनाल, श्रीयाम रिमाल, रिवाज भण्डारी, अस्विनी गुरूड॰, सजिल गुरूड॰, अग्रिमा गुरूड॰, आभूषण गुरूड॰ लगायत हुनु हुन्थ्यो र हेमा ढुड॰गेलले अप्रतियोगितात्मक नाच प्रदर्शन गरेकीथिइन्।

भव्य रूपमा संपन्न उक्त कार्यक्रम आर्जु पराजुलीले रोचक शैलिमा संचालन गरेकी थिइन भने तलवा बाधक प्रेमसागर खतिवडाले संगीत तथा वाध्यबादनमा सहयोग गर्नु भएको थियो। कार्यक्रममा आयोजक र सहयोगी मित्रहरूको तर्फबाट स्वादिष्ट परिकारहरूको निःशुल्क व्यवस्था गरीएको थियो।

प्रतिक्रिया