बालबज्जी साहित्यिक द्वैमासिक लोकार्पित

इनेप्लिज २०७५ माघ २३ गते १२:३० मा प्रकाशित

रौतहट
नेपालमै बज्जिका भाषाको पहिलो बालसाहित्यिक पत्रिकाको लोकार्पण गरिएको छ । रौतहटको गरुडामा बालबज्जी साहित्यिक द्वैमासिक बालपत्रिकाको एक समारोहबीच लोकार्पण गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष एवं युवा÷जुनियर रेडक्रस सर्कल जिल्ला कार्य समितिका संयोजक धर्मेन्द्रकुमार सिंह, नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राम कृपाल यादव, बज्जिका भाषा शिक्षक प्रतिष्ठान नेपालका अध्यक्ष सफिन्द्रप्रसाद यादव, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष श्याम सहनी चन्द्रांशु, बज्जिका पत्रकार संघ नेपालका कोषाध्यक्ष एवं बज्जिका खबर डट कमका सम्पादक मनोजकुमार चौधरी, मावि गेडहीगुठीकी प्रधान शिक्षिका रेणु गुप्ता, मावि समनपुरके प्रधान शिक्षक एवं बज्जिका अनुसन्धानकर्मी देवेन्द्र साह, अमरपटि प्रावि पोठियाहीके प्रधान शिक्षक किशुनदयाल यादव, अनाथालय प्रावि गरुडाके सहायक प्रधान शिक्षक एवं साहित्यकार केदार यादव, बज्जिका लेखिका समतोलिया मुखियासमेत भाषा आ साहित्यमे रुचि रहल एक दर्जन बालबालिकाद्वारा संयुक्त रुपमा पत्रिकाको विमोचन गरिएको हो । बज्जिका भाषाको पहिलो बालपत्रिकाको सम्पादन तथा प्रकाशन सञ्जय मित्रले गरेका छन् ।

प्रतिक्रिया