बज्जिकार्पणको २०औं अङ्क प्रकाशित

इनेप्लिज २०७५ माघ २१ गते २३:२० मा प्रकाशित

रौतहट ,बज्जिका भाषा र साहित्यको अग्रणी पत्रिकाको रूपमा रहेको बज्जिकार्पण साहित्यिक पत्रिकाको २०औं अंक प्रकाशित भएको छ । साहित्यकार सञ्जय साह मित्रको सम्पादनमा २०६४ सालदेखि प्रकाशन भइरहेको बज्जिकार्पण साहित्यिक पत्रिका बज्जिका भाषाको पहिलो हो ।

पत्रिकामा सञ्जय सुदामा, विश्वराज अधिकारी, मौजेलाल साह, रेहान खान, अरविन्द साह, जगत जयसवाल, मनोजकुमार वर्मा, राम आधार पासवान, शेख चाँद अलि, भोला पासवान, जयन्ती साह, कविता सहनी, अनिसुन खातुन, बबिता शर्मा, सुशान्त साह, प्रमोद कुमार साह, ऋतु रौनियार, संगीता सहनी, श्याम सहनी चन्द्रांशु, सुनील प्रसाद यादव, आनन्द कुमार सहनी, समतोलिया मुखिया र अनिशा यादवका कविता, मुक्तक तथा हाइकु प्रकाशित छन् ।

यसैगरी डा.व्रजनन्दन वर्मा, किशुन दयाल यादव, साधना कृष्ण र विक्रान्त शर्माका गीत र गजल प्रकाशित छन् । सञ्जय मित्रको लोकसाहित्य÷संस्कृतिका साथै केदार राय यादव र अजय राजका लघुकथा प्रकाशित पत्रिकाको प्रकाशन बज्जिका साहित्य संगम रौतहटले गरेको हो ।

संगमको संस्थापक टोलीको रंगीन छविचित्र पत्रिकाको कभरपृष्ठमा प्रकाशित छ । आगामी दिनमा पनि पत्रिकाको प्रकाशन संगमले गर्ने प्रतिबद्धता संगमको अध्यक्ष श्याम सहनी चन्द्रांशुले व्यक्त गरेका छन् ।

प्रतिक्रिया