सर्जक पुष्कर पन्त (अमेरिका) को कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” को लोकार्पण

इनेप्लिज २०७५ माघ १२ गते ११:३२ मा प्रकाशित

सर्जक पुष्कर पन्त (अमेरिका) को कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” को लोकार्पण समारोह सप्पन्न भयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल बाग्मती समितिले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष अच्युरमण अधिकारी, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, साहित्यकारहरु कृष्ण प्रधान, कोषराज न्यौपाने, डा. शान्तीमाया गिरिले सयुक्तरुपमा सो कृतिको लोकार्पण गर्नु भयो ।

कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सरिता अर्यालले गर्नु भएको थियो भने स्वागत मन्तब्य सचिव भरतविक्रम ढकाल र कार्यक्रम सन्चालन सविता बिमलीले गर्नु भएको थियो । सोही अवसरमा लोकार्पित कृतिबाट क्रमश: विजयध्वज थापा, गीता रेग्मीलगायतले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा कमला रिसालले गीत गाउनु भएको थियो ।

कार्यक्रममा डा. सुरेन्द्र के.सी., शिव अधिकारी, शन्कर भारती, सुशिला देउजा, रिशवदेव घिमिरे, बाबा बस्नेत, सुमन वर्षा, राजेन्द्र के.सी., रन्जना निरौलालगायत विशिष्ठ साहित्यकारहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया