नयाँ बर्ष देखि डीसी महानगर क्षेत्रमा नयाँ कानुन लागू
अमेरिकाको डीसी महानगर क्षेत्र वाशिंगटन डिसी,भर्जिनिया तथा मेरिल्याण्डबासीहरुका लागि जनवरी १ ,२०१९ देखि केही नयाँ नियम कानुन लागु भएका छन् । यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस कुरामा ज्ञान राख्न जरुरी हुन्छ । डीसी महानगर क्षेत्रका सरकारले कैयौ नियम/कानुन पारित गर्न नसकेता पनि केही कानुन पारित गरि नयाँ बर्षको सुरुवात देखि नै लागू गर्ने भएको छ ।
डिसी क्षेत्र अन्तर्गत बिद्यालय नजिक,युवा सुविधाका स्थल ,मनोरंजन स्थल,खेल मैदान,पौडी पोखरी,खेलाडीहरुको कसरत तथा अभ्यास गर्ने मैदान तथा वरिष्ठ नागरिक केन्द्रहरुका ईलाकामा बिहान ७ बजे देखि राती ११ बजे सम्म सवारी केवल १५ माइल्स प्रति घण्टा हुनुको रफ्तारमा कुदाउनु पर्ने नियम आएको छ ।
पैदलयात्री हिड्ने सडकमा सवारी साधन कुदाउने चालकले रोकेर पैदयात्रीलाई ठक्कर दिएमा $ ५ सय डलर जरिवाना सहित तीन अंकको दण्ड जरिवाना लाग्ने छ । यसको साथै उक्त १५ माइल्स प्रति घण्टा कुदाउनु पर्ने सडकमा २६ माइल्स प्रति घण्टा कुदाएको पाइएमा अतिरिक्त दण्ड जरिवाना लाग्ने छ ।
त्यति मात्र हैन ,१५ माइल्स प्रति घण्टा कुदाउने पर्ने सडकमा ३० माइल्स प्रति घण्टा कुदाएको पाइएमा अपराधिक अभियोगको सामना गर्नु पर्ने छ । यसै गरि दुई चक्र बाहन(साइकल) चलाउने मार्ग अबरुद्ध गरेमा $ ६५ डलर बाट $ १५० डलर जरिवाना वृद्धि गरिएको छ ।
साथै दुई कानमा श्रवण साधन उपकरण (हेडफोन )लगाउने साइकलयात्रीलाई ५० डलर जरिवाना लगाइने भएको छ । उक्त क्षेत्र हिडडुल गर्ने डीसीवासीहरुले आफू संग स्वास्थ्य बिमा पत्र बोकेर हिड्नु पर्ने छ । जसले लिएर हिडदैन उसले जरिवाना तिर्नु पर्ने भएको छ ।
यसै गरि डिसिमा एक पटके प्रयोग गर्न प्लास्टिकको पिउने नली (स्ट्र) को व्यवसाय प्रतिबन्धित गरिएको छ । मेरिल्याण्डमा बिशेष गरि महुमेय (चिनी रोग) लक्षण भएकालाई केही उपकरण,आपूर्ति तथा स्वयम व्यवस्थापनका तालिम लगायत सुविधा उपलब्ध गराउने नयाँ कानुनले त्यो समेट्ने समेत भएको छ ।
साथै नयाँ आदेश अनुसार गर्भधारण द्वारा उत्पन्न ग्लुकोजको मात्राको उपचार गर्न को लागी नयाँ नियमले समेट्ने भएको छ । गैर कानुनी रुपमा प्राप्त भएको कुनै पनि पैसा प्रयोग गर्न राजनीतिक अभियानहरू निषेधित गरिनेछ।
.
यसै गरि भर्जिनियाका करिव ४ लाख निवासिहरुलाई नयाँ बिस्तारित मेडिकेड(चिकित्सा सहायता ) बीमाकृत राशि (कभरेज) सुरु हुने छ ।
स्रोत : डब्लुओटिओपी
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया