पत्ता लाग्यो करोडौं अंकको अभाज्य संख्या

यादवराज जोशी २०७५ पुष ९ गते २२:३४ मा प्रकाशित

करोडौं अंक (डिजीट) को हालसम्मकै ठूलो अभाज्य संख्या (प्राइम नम्बर) गणितज्ञहरुले पत्ता लगाएका छन् । मर्सेन नाम दिइएको उक्त अभाज्य संख्या करिब दुई करोड ५० लाख अंक लामो छ ।

अभाज्य अंक त्यसलाई भनिन्छ जुन आफै र अंक १ ले बाहेक हरुले भाग गर्न सकिदैन । हालै पत्ता लागेको अभाज्य अंकलाई मर्सेन प्राइम भनिन्छ । यो नाम फ्रान्सेली भिक्षु मरिन मर्सेनको सम्मानमा नामाकरण गरिएको हो । उनले आजभन्दा तीनसय ५० वर्ष अगाडि अभाज्य अंकको अध्ययन गरेका थिए ।

मर्सेन प्राइम (अभाज्य अंक) निकाल्ने साधारण सुत्र छः टु अपअन एन माईनस वान । यो सुत्र प्रयोग गर्दा मर्सेन प्राइममा एनको भ्यालु आठकरोड २५ लाख ८९ हजार नौसय ३३ हुन्छ । तपाईको गणित राम्रो छ भने तपाईलाई थाहा होला यसअघि थाहा भएको अभाज्य अंकमा एनको भ्यालु दुई करोड ४८ लाख ६२ हजार ४८ थियो । सन् २०१८ को जनवरी सम्ममा ५० वटा मर्सेन प्राइम पत्ता लागेको थियो ।

मर्सेन प्राइम लेख्नु पर्यो भने सयौ पाना कपि वा एउटा ठूलो जिप पाईल नै चाहिन्छ । हाल पत्ता लागेको मर्सेन प्राईम सन् १९९६ बाट सुरु भएको ग्रेट इनटरनेट मर्सेन पाईम सर्च प्रोजेक्टले पत्ता लगाएको हो ।

यहि डिसेम्बर ७ मा ओकाला फ्लोरिडाका गणितज्ञ प्याट्रिक लारोतले पत्ता लगाएका थिए । यसलाई पुष्टी गर्न गणितज्ञको समुहले दुई साता लगाएको थियो । मार्सेन प्राइम गत वर्ष पत्ता लागेको अभाज्य अंक भन्दा करिव १५ लाख अंकले बढी छ । गत वर्ष टेनेसीका गणितज्ञ उक्त अभाज्य अंक पत्ता लगाएका थिए ।

तस्बिर स्रोतः युगल खोज
स्रोतः एनपिआर

प्रतिक्रिया