यथार्थ जिन्दगीको

बिष्णु दाहाल २०७५ पुष २ गते २३:३९ मा प्रकाशित

समय संगसंगै यती टाढा आइपुगिएछ आफ्ना अतितलाई सम्झदा सबै सपना भएछन्,
खोइ ति पलहरु जहाँ हामी माछा मारेर, गुच्चा खेलेर कती रमाउथ्यौ ।
लट्ठी मारि, खोपी र डन्डी बियो आहा ति दिन हरु ।

कस्ले चोरेर लाग्यो, कस्ले खोसेर लाग्यो, खोइ कस्लाई दोष ?
सपना को संसार मा कोल्टे फेर्दै बामे सर्दै आकाश त छुन पुगेछु,
तर एक्लै भएछु ! कस्ले देख्ने छ र त्यो आकाशमा
आखिर जानु त एक्लै रैछ यो संसार बाट एक दिन्

होश हराएछ खोइ के भाको, एक पल्ट त झन्डै गएछु
कल्पना मा झसँग भएछु र यि ओठ बाट आमा भन्न पुगेछु!
आमा शब्द कती प्रिय छ जहाँ माया र ममता अपार छ ।
तर ति शब्द त अचेल किन हो सबैलाई सियो ले चुमे झै गर्छ!

हे संसार का ज्ञानी भनउदा प्राणी हो! किन चुकी रैछौ ?
आमा ले त केवल साथ खोजी रा छिन्!
न त उनिलाई त्यो नौगेडी चाहियो, न त ममता को रिन
मात्र बुढेसकालको सहारा, किन त्यो सहारा बृद्दाश्रम ?
ना बाउ लाई कुनै धन सम्पती नै चाइयो! मात्र एउटा लट्ठी

जता त्यतै त्राही त्राही माम को मात्र आवाज छ,
के भएछ र यो युग मा पापीहरु को मात्रा बढेछ!
चित्कार सुन्ने को लहर संगै रहर बढेछन्
लाज पचाउने र लुकाउने को दिन आएछन ।
सहन कती सकेको होला त्यस्को पिर
बाध्यता रहर सँग मेटिन पुगेछन्,

हे यस शृष्टि का मुल्यवान प्राणी हो,
सक्छौ भने एक चोटी जन्तु को जीवन जिवन जिऔ
सक्छौ भने गरीब को झुपडीमा गएर एक रात बिताउ,
अनी आएर भन तिम्रा ति मन भित्र लुकाएका लाज कसरी पचाउ भनेर ।

धन र सम्पती मात्र अहिलेको किन सहारा ?
यौवनको बास्न मा मग्न भएर कर्तब्य भुलेछौ!!
न त आफु नै बाच्न जान्यौ, न त अरुलाई सिकायौ!
धिक्कार छ तिमी जस्ता कपुत लाई जस्ले जीवनको अर्थ लत्यायौ!!

सारा जनता अब पागल मात्र हुन बाकी छ
राष्ट्र को ढुकुटी बेच्न मात्र बाकी छ,
आसु पुस्ने रुमाल त के प्यास मेटाउने पानी पो आउन गार्हो छ,

यो देश कहाँ गै रा छ! हामी टोलाई मात्र रहेका छौ!!
बैरी ले आखामा कालो जादु चलाएछन्,
हिड्दा बाटोमा ठेस लाग्न थालेछन

बिर्सिएर सबै कुरालै सगरमाथाको उचाइ त छुन पुगेछु
आफैले खनेको खाल्डोमा आफै झर्न पुगेछु!!
न आवोअ त्यो दिन्, जब आमाको आसु ल त्यो हिउ सोरेर ल्याउने
बाउ ले चुकाएका हरेक पलको अथक परिश्रमले पहाड फोड्ने
बाच सबैको लागी उदाहरण बनेर, देखाउ संसारलाई तिमी को हौ भनेर

प्रतिक्रिया