अमेरिकाको ह्युस्टनमा महाकवि लक्ष्मी प्रासद देवकोटाको जन्म जयन्ती सम्पन्न ।

इनेप्लिज २०७५ मंसिर २० गते २२:५४ मा प्रकाशित


ह्युस्टन टेक्सास । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ह्युस्टन च्याप्टरले ११० औ देवकोटा जयन्ति विविध कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ |

संस्थाका अध्यक्ष शेष शर्माको सभापतित्व, संरक्षक / संस्थापक अध्यक्ष गंगा लिगलको प्रमुख आतिथ्य, सम्पुर्ण कमिटीका सदस्यहरु तथा साहित्यकार हरुको घना उपस्थितिमा सम्पन्न कार्यक्रममा अनेसास ह्युस्टन च्याप्टरको बार्षिक पत्रिका “दियो” को बिमोचन कार्यक्रमका प्रमुख अतिथी र अध्यक्ष बाट सम्पन्न भयो ।

सम्पन्न कार्यक्रममा महाकविको जीवनीमा प्रकाश पार्नुका साथै साहित्य-कलानुरागीहरूबाट आफ्ना कला तथा सृजना प्रस्तुत एबंम देउसी-भैलो कार्यक्रम गरिएको थियो भने अनेसास ह्युस्टन च्याप्टरको च्याप्टरको आजिवन सदस्य तथा साहित्यकार स्वर्गीय टंक प्रसाद खरेलकोको सम्मानमा श्रद्धान्जली सभा समेत आयोजना गरिएको थियो। संस्थाका संस्थापक अध्यक्ष गंगा लिगलले महाकविको जीवनीबारे मन्तब्य राख्नुभयो। साथै स्वर्गीय खरेको को जीवनी र उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानबारे संस्थाका अध्यक्ष शेष शर्माले मन्तब्य राख्नु भएको थियो।

साधना शर्मा, सतिश त्रिपाठी, निलहरि आचार्य, अमृत लामिछाने, र मोदनाथ गिरि सदा, सुदिक्षा पोखरेल र राजीव घिमरे ले जोडदार रुपमा आ-आफ्ना कविता/गजल/गीत प्रस्तुत गर्नु भएको थियो भने साहित्यकार कुमार पोखरेल ले देवकोटा बारे बर्णन गरेका थिए । अंग्रेजी बोल्ने कलिला नानीहरु – बिजन अर्याल, प्रशम लुइँटेल, ईप्सित आचार्य, प्रोमिथस त्रिपाठी, पृथक त्रिपाठी, सुभान राज घिमिरे र रीतु घिमिरे बाट आ-आफ्नो प्रस्तुतिले कार्यक्रममा छुट्टै रौनक छाएको थियो । समाजसेवी आजिवन सदस्य स्वर्गीय जनक प्रसाद लिगलको सम्मानमा उहाँको छोरा सन्जय लिगलले सात जना बाल बालिकालाई पुरस्कार स्वरुप डलर १00 वितरण गरे ।

बसिल अर्याल, दिपेन्द्र गौतम, सतिश त्रिपाठी र अमृत लामिछानेको नेतृत्वमा संचालन गरिएको देउसी-भैलो कार्यक्रमले नेपालमै भैलो खेलेको याद आयो भन्दै लगभग सम्पूर्ण उपस्थित साहित्य-कलानुरागीहरू छम छमी कम्बर मर्काउदै नाच्दा कार्यक्रममा बिशेष किसिमको रमाइलो अनुभब भएको थियो ।

संस्थाले आगामी दिनहरुमा पनि विभिन्न अवसर पारेर नेपाली कला र साहित्यको बिकासमा सक्दो टेवा पुर्याउंदै लैजाने अठोट सुनाउंदै संस्थाका अध्यक्ष शेष शर्माले कार्यक्रम समापन गर्नु भयो। कार्यक्रम संचालन संस्थाका महासचिब साधना शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया