राष्ट्रपति टिका बिबाद
‘दशैंको टिका’ नाता सम्बन्ध भित्र ठुलाले साना उमेरकालाई लगाइदिने हो; ठुलो पदकाले सानो पदकालाई लगाइ दिने होइन। राष्ट्रपतिले आफ्ना परिवार बाहेक राजनीतिक र पदिय मातहतकालाई टिका लगाइदिनु पदको दुरुपयोग हो । र ,यो सामन्ती राजाको नक्कल मात्र हो। हिन्दु राजाले आफुलाई बिष्णुको अवतार ठानी प्रजालाई टिका दिए भन्दैमा राष्ट्रपतिले सिको गर्नु सामन्ती प्रथाको निरन्तरता हो।
चुनिएको राष्ट्रपतिले सरकारी श्रोत दुरुपयोग गरेर टिका प्रथा गर्न हुन्छ भने, अर्को बर्ष देखि मुख्य मन्त्रि, नगर वा गाउँ पालिका का प्रमुखहरुकोमा पनि धुम -धाम टिका उत्सब किन नगर्ने ? ठुलो पद का सेना, प्रहरी, सरकारी निकाय प्रमुख, आयुक्त, कार्यालय प्रमुख, अस्पतालका डाइरेक्टर, गैर सरकारी संघ संस्थाका प्रमुखहरुले दसैं मा टिका पसल किन नथाप्ने?
छुट्टीको दिन (दशैं विदा) मा राष्ट्रपति निवासमा परिवार वाहेक अरूलाई किन प्रवेश दिने? किन टिकाको पसल खोल्ने? क्रिसमस र इद्मा यस्तै पसल खोल्ने कि नखोल्ने ?
घुंडा टेकाएर टिका लगाई दिएकोमा आलोचना भएको छ। म त राष्ट्रपतिले टिका नै लगाइदिन हुन्न भन्छु। सरकारी बिदा परिवार सित मनाउ वस ।
हो, धर्म निरपेक्ष राष्ट्रपतिले हरेक धर्म को चाड पर्बमा सबैलाई शुभकामना संदेश भने दिनु पर्छ।
#फरक_सोंच
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया