पिएनपिखबर, भक्तपुर। युवा उमेरमा सामाजिक परिवर्तनकाे काममा रूचि देखाएर पछिल्लाे समय चर्चा बटुलेकी श्रीनेहा पाेखरेलकाे ‘नेपाल स्नेही काख नामक’ संस्था कुसुन्ती हाइट, ललितपुरमा सञ्चालन भइरहेकाे छ ।यस संस्थाले जुनस्तरकाे काम गरिरहेकाे छ त्याेअनुरूपकाे भाैतिक सुबिधा भने पुर्याउन सकेकाे छैन ।
फ्याँकिएका वा सडकमा रहेका बालबालिकादेखि मानसिक सन्तुलन बिग्रिएर सडकमा हिँडेका तन्नेरी वा प्राैढहरूलाइसमेत सेल्टर दिएर खान,लाउन र बस्नसमेत दिइने स्नेही काखकाे दीर्घकालिन अाय भने छैन । यसरी अाय नहुँदा संस्थापक श्रीनेहा पाेखरेललाइ बेलाबेलामा ठूलाे अभाव खट्की रहन्छ । चक्रपथकाे बाटाेअन्तर्गत कुसुन्तीमा रहेकाे पुरानाझैँ लाग्ने टहराभित्र रहेकाे नेपाल स्नेही काखकाे अबस्था माया लाग्दाे छ ।
माेडलिङ तथा नाटकमा काम गरिरहेकाे एउटी युवती श्रीनेहा पाेखरेलले अाँट गरेर गरेकाे याे कामकाे प्रशंसा जुन रूपले हुने गर्छ त्याे अनुरूपकाे सहयाेगचाहिँ भएकाे देखिदैन कुसुन्तीमा रहेकाे स्नेही काखकाे कार्यालय वा हाेस्टेल पुग्दा । त्यसाे त बेलाबेलामा नेपालका सेलिब्रेटी पनि स्नेही काखमा नपुगेका हैनन् । तर जन्मदिन वा यस्तै अवसरक अाएर गरिएकाे सानाेतिनाे सहयाेगले एउटा खान, लाउन तथा बस्न दिने संस्थालाइ के पुग्थ्याे । अामा नभएका दुधे बालककाे खाना नै दूध भएकाेले दूधकाे खर्च जुटाउन उनलाइ निकै धाैधाै पर्ने गर्छ ।
तैपनि श्रीनेहाले ६ जना दुधेसहितका केही बालबालिका तथा केही प्राैढ महिलाहरूलाइ पालेर राखेकी छिन् । उनकाे याे कामलाइ केही मनकारी दाताहरूले नियमितरूपमा सहयाेग पनि गरिरहेका छन् । बेलाबेला अाइपुग्ने अन्य सहयाेगकाे भरमा स्नेही काख दुःखसुखले चलिरहेकै छ । उक्त संस्थामा सहयोग गर्न कहिले समाजसेवी पुग्छन् त कहिले कलाकार।
तिजको माहोललाई मध्यनजर गर्दै मिना ढकालले पनि नेपाल स्नेही काखमा भर्खरै मात्र दर खुवाएकी छिन्। समाजसेवामा रुचि भएकी मिना पछिल्लो समय सामाजिक संजालमा चिरपरिचित नाम हो। उनलाई कठै बिचरा भनी ओठ भन्दा सहयोग गर्ने हात ठुलो लाग्छ त्यसैले पनि उनले बेलामौकामा समाजसेवामा आफ्नो हात अघि बढाई रहेकी हुन्छिन्।
श्री नेहा र मिनाको चिनजान धेरै वर्ष अघि देखिको हो। उनले नेपाल स्नेही काँख संचालन गरेको पनि उनलाई थाह नै थियो। मिनाको मनमा एक चोटी त्यहाँ जसरि भए नी पुग्छु भन्ने लागेको नै थियो। त्यहाँ भएका मानसिक सन्तुलन गुमाएकालाई उनले यो पालीको तिजमा दर खुवाउने निधो गरिन्। तर दर लिएर त्यहाँ पुगिन्। दर खुवाईन। सबैको अनुहार फ़ुरुङ्ग देखियो। मिनाको मन पनि आनन्दित भएको महसुस भयो भन्दै उनले आफ्नो कुरा यसरी व्यक्त गरिन्।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया