अमेरिकामा छोराछोरीलाई एक्लै घरमा छोडेर गए पक्राउ परिने र झ्यालखानामा थुनिने ,रगरगे पिताहरु यसरी ठेगानमा

इनेप्लिज २०७५ असार २३ गते १३:३६ मा प्रकाशित

विजय थापा ,अमेरिकामा कानुन कडा छ । यस बिषयमा केही ब्याख्या नै गर्नु पर्दैन । आफ्ना बालबालिका छोराछोरीलाई नेपाल जस्तै एक्लै छोड्न पाइदैन । अहिले सम्म ३ वटा राज्यमा न्युनतम उमेर तोकेको छ । यदि छोराछोरीलाई घरमा छोडेर कतै हिड्ने हो भने ८ बर्ष देखि १४ बर्ष सम्मक उमेर का भित्रलाई छोड्न पाइने कानुन निर्माण गरेको छ ।

यदि ७ बर्ष भन्दा मुनिका बालबालिकाहरु घरमा छन् भने कुनै पनि समयको लागी बाहिर जान पाइदैन । घर पछि को करेसो ,सवारी साधन भित्र या खेल मैदानमा समेत एक्लो छोडन  पाइदैन ।

८ देखि १० बर्ष सम्म का छोराछोरी आई केवल आधा घण्टा सम्मको लागि मात्र छोडेर कतै जान पाइन्छ । त्यो पनि दिउसो या साँझ पर्नु अगाडी मात्र पाइन्छ ।

यसै गरि ११ देखि १२ बर्ष का छोराछोरीको हकमा ३ घण्टा सम्म छोडेर जान सकिन्छ । तर उनीहरुलाई छोडेर जाँदा कुनै पनि जिम्मेबारी दिनु हुदैन । उनीहरुलाई छोडेर गएको छ भने राती हुदैन ।

यसै गरि १३ देखि १५ बर्षका किशोर किशोरीलाई छोडेर जान सकिन्छ । तर रातभर बुवाआमाले छोडेर भने जान मिल्दैन । यसै गरि १६ देखि १७ बर्षका किशोर किशोरीहरुलाई कुनै सर्वेक्षण बिना छोड्न सकिने हुन्छ । यस्तो उमेर भए पछि केवल २ दिन मात्र माता पिता बाहिर जान सक्ने छन् ।

हरेक अवस्था फरक हुने हुनाले अभिभावकले निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । घर वरपर र छिमेकिको अवस्था हर्नु पर्ने हुन्छ । सबै भन्दा पहिला घर छोड्नु भन्दा अगाडी आफ्ना बालबालिकालाई कसरि ९ १ १ मा प्रहरीलाई खबर गर्ने तरिका बारे सिकाउनु पर्छ ।

साथै एकै छोडेको अवस्थामा बालबालिकाले कुनै चिज घर आगाडी केहि देखे भने केहि त्यस्तो शंकास्पद मानिस या वस्तु केहि देखियो र आफुलाई खतरा लाग्यो भने छिमेकि लाई खबर गर्ने या ९ १ १ मा प्रहरीलाई खबर गर्ने बारेमा जानकारी अनिवार्य गराउनु पर्ने हुन्छ ।

कसैले घरमा दुर संचार माध्यम बाट कुरा गर्यो भने मेरो बुवा या आमा घरमा आउदै हुनु हुन्छ या बाहिर जानु भएको छ भन्ने शब्द उनी पनि हालतमा ननिकाल्नु भन्नु पर्छ ।

यसो गरेमा बालबालिकाहरु को जीवन सुरक्षित हुन्छ । र हामी नेपाल बाट आएकालाई यस्ता कुराको जानकारी हुन् अति आवश्यक पर्छ । अमेरिका आएका बिशेष पुरुष वर्ग र जो रगरगे प्रवृतिका छन् उनीहरुलाई उकुस मुकुस हुने गर्छ । उनीहरु ठेगानमा आएका छन् । जहिले पनि रगरग हिड्न मन गर्ने लाई आपत परेको छ ।

अमेरिका भर्खर आफ्ना परिवार र सन्तान संग आएका पुरुषलाई निकै सकस भएको हुन्छ । नेपालमा आफ्ना सन्तानलाई घरमा हेरचाह गर्न नभ्याउने ,वास्ता नगर्ने ,बोक्न नभ्याउने ,समय नदिने बरु साथीभाई तथा इष्टमित्र संग हाहु र डांग डुंगमा समय बिताउने लाई कठिन भएको छ l

रगरगेलाई अमेरिकामा आफ्नै सन्तान पनि कहिले काही आपत काल पर्दा पनि कार्यक्रम ,निम्ता ,भोज भतेर ,चाड पर्वमा सहभागी हुन् नपाए पछि रिसले चुर चुर हुन् बाध्य पनि छन l मुर् मुरिनु बाहेक उनीहरुको दाल गल्दैन l

अमेरिकामा उनीहरुले घर परिवारलाई दादागिरि देखाउन सक्दैनन् l लाचार भएर सन्तान हेर्नु पर्ने बाध्य हुन्छन l त्यस्ता भोजभतेर र मनोरंजनका बारेमा साथीभाई र ईष्ट मित्रले बयान गर्दा किट किट हुन् बाध्य भएका छन् l

रगरगे अमेरिकामा बिबस छन l हात बाधिएको छ l चार दिवार भित्र बस्नु पर्ने बाध्यता छ l बच्चा बच्ची भएको कारण यस्ता उत्सव छुटेका छुटै हुन्छन l आउन पाउदिन भनि सुचना दिन मजबुर हुन्छन l

तर चकचके र थाम्नै नसक्ने भनट्याङ्ग भुनटुंग भए भने झन् अप्ठ्यारो स्थितिको श्रीजना पनि हुन्छ l अरुको भोजमा उनीहरुलाई लादा सिसा फुटाउलान र अन्य उपद्रो गरि देलान भन्ने डर हुन्छ l नजाने भन्ने चाही हैन l घरमा छोड्ने चलन नहुने र कानुनले नदिने हुनाले जसरि भए पनि यस्ता उत्सवमा लानु पर्ने हुन्छ l रगरगे मध्ये नेता ,बोल्न रुचाउने ,माइक बहादुर ,नेतृत्व गरि सकेका ,भाषण गर्न खप्पिस भएकालाई कार्यक्रममा जान ईक्षुक भए पनि छोराछोरीको कारण घर मै थन्किएर बस्नु पर्ने बाध्यता पनि भएको छ l यिनै भनट्याङ्ग भुनटुंग कै कारण जुनै पनि कार्यक्रममा गयल हुनु पर्ने हुन्छ l जसको कारण रिसाउने बातावरण बन्दछ l खुसाउनु पर्ने हुन्छ l

कहिले काही सन्तान लिएर जाँदा आमा बुवा गम्भीर बिषयमा बोल्दै गरेको अवस्थामा पनि टाडा बाट बच्चाहरुले ———-बा——-बा ——–मम्मी ——आमा भनि चिच्याएको अवस्था पनि देखिन्छ l

आमा या बाबु नाची रहेको अवस्थामा मंच मै गै बिथोलिने अवस्था पनि देखिन्छ l नेपालमा कहिले आफ्ना सन्तानलाई पाठशाला नछोड्ने रगरगेहरु ,अमेरिकामा संग संगै खेल्न थालेका छन् l उनीहरु संग घुलमिल गर्न थालेका छन् l आफ्ना जहानलाई समय दिन थालेका छन् l श्रीमती काममा भएका बेला पनि भरपर्दो भै काम गर्न थालेका छन् l रगरगेले आमा बाबाको दुबैको भूमिका निर्वाह गर्न थालेका छन् l बरु उत्सव र भोजभतेरलाई तिरस्कार गर्न थालेका छन् l मुटु माथि ढुंगा राखी हास्न पनि थालेका छन् l

आफ्ना भनट्याङ्ग भुनटुंगलाई आफ्ना आमाले भन्दा राम्रो तरिकाले लिटो खुवाउन जान्ने भएका छन् l पोसिलो खाने कुरा पकाउन ,लुगा लगाई दिन र बच्चाको टालो फेर्न पनि उस्ताद भएका छन् l

नेपालमा कुम्भकर्ण जस्तो सुत्ने रगरगेले अमेरिकामा पाठशालाको गाडी सम्म छोड्न जान्ने भएका छन् l जे भए पनि ,रगरगेलाई आफ्ना भनट्याङ्ग भुनटुंग कहिले काही किन घाडो भएता पनि औधि माया गर्न सिपालु भएका छन् l

स्वदेशको अल्छिपनलाई विदेशमा फुर्तिलोपनमा आफुलाई ढालेका छन् l कार्यक्रममा जान छुटेता पनि ,मनभित्र घाडा जस्तो लागेता पनि प्राण प्यारा सन्तान संग रमाउन जान्न थालेका छन् l

प्रतिक्रिया